काठमाडौँ, ३२ साउन । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ ।
मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत सीमा, नागरिकता र प्रदेशको सीमाका सम्बन्धमा देखिएको विवादमा निर्णय दिन नसक्दा बैठक प्रभावित भएको हो ।
“दुई तीन वटा विषय विशेष समितिले टुङ्ग्याउनु बाँकी छ, ती विषयको निर्क्योल नभएका कारण एकीकृत प्रतिवेदन बनाउन सकिएन” मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए । समिति मातहतको कार्यदलको बैठक मङ्गलबार अपराह्न १ बजेका लागि बोलाइएको छ । विवादित विषयमा शीर्ष तहमा सहमति नजुटेका कारण आजको बैठक स्थगन भएको उहाँले जानकारी दिए ।
दलबीच सहमति भएमा कार्यदलले बुधबारसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । सहमति भएका विषयमा रहेको भाषागत त्रुटि सच्याउने र सरल तुल्याउने काम कार्यदलले सम्पन्न गरिसकेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदन र संविधानसभाको निर्देशनका आधारमा संवैधानिक तथा कानुनी भाषामा उतार गर्ने काम पूरा भएको छ । संविधानसभाले आजसम्मको समयसीमा तोकेर संविधानको मस्यौदाको विधेयक तयार पार्न निर्देशन दिएको थियो ।
विवादित विषयमा सहमति नभएका कारण संविधानसभाको समयमै काम सक्नुपर्छ भन्ने निर्देशन पनि प्रभावित हुन पुगेको राससले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार