काठमाडौँ, ३२ साउन । प्रमुख राजनीतिक दलबीच संविधानका केही विवादित विषयमा सहमति हुन नसक्दा संविधान मस्यौदा समितिको काम प्रभावित भएको छ ।
मस्यौदा समितिले सहमति भएका विषयको मस्यौदा बनाइसके पनि शीर्ष नेता सम्मिलित विशेष समितिले धर्म, मतप्रतिशत सीमा, नागरिकता र प्रदेशको सीमाका सम्बन्धमा देखिएको विवादमा निर्णय दिन नसक्दा बैठक प्रभावित भएको हो ।
“दुई तीन वटा विषय विशेष समितिले टुङ्ग्याउनु बाँकी छ, ती विषयको निर्क्योल नभएका कारण एकीकृत प्रतिवेदन बनाउन सकिएन” मस्यौदा समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए । समिति मातहतको कार्यदलको बैठक मङ्गलबार अपराह्न १ बजेका लागि बोलाइएको छ । विवादित विषयमा शीर्ष तहमा सहमति नजुटेका कारण आजको बैठक स्थगन भएको उहाँले जानकारी दिए ।
दलबीच सहमति भएमा कार्यदलले बुधबारसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । सहमति भएका विषयमा रहेको भाषागत त्रुटि सच्याउने र सरल तुल्याउने काम कार्यदलले सम्पन्न गरिसकेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदन र संविधानसभाको निर्देशनका आधारमा संवैधानिक तथा कानुनी भाषामा उतार गर्ने काम पूरा भएको छ । संविधानसभाले आजसम्मको समयसीमा तोकेर संविधानको मस्यौदाको विधेयक तयार पार्न निर्देशन दिएको थियो ।
विवादित विषयमा सहमति नभएका कारण संविधानसभाको समयमै काम सक्नुपर्छ भन्ने निर्देशन पनि प्रभावित हुन पुगेको राससले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते