काबुल, (अफगानिस्तान) ३२ साउन । द्वन्द्वग्रस्त अफगानिस्तानमा सरकारद्वारा गरिएको कारबाहीमा गएको २४ घण्टाभित्र सय भन्दाबढी तालिवानी लडाकू मारिएको यहाँको गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
अफगानी सेनाको सहयोगमा प्रहरीद्वारा गरिएको कारबाहीमा १०१ सशस्त्र तालिवानी लडाकूको मृत्यु भएको छ ।
अफगानी सुरक्षाफौजद्वारा नानगाहर, पारवान, बागलान, कुन्दुज, र हेलमान्ड लगाएतकाठथाउँमा गएको २४ घण्टाभित्र गरिएको कारबाहीमा विद्रोही लडाकूको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।
कारबाहीमा थप ८२ लडाकू घाइते भएको पनि थाहा हुन आएको छ । सरकारले सुरक्षाफौजतर्फको हताहति बारेमा भने विज्ञप्तीमा केही बताएको छैन । यसबारे तालिवानी पक्षबाट सोमबार दिउँसोसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने