काठमाडौँ, ३२ साउन । राज्यका हरेक संरचनामा थारू समुदायको जनसङ्ख्याका आधारमा समान सहभागिताको विषय नयाँ संविधानमा नै सुनिश्चित गर्नुपर्ने माग सभासद्ले गरेका छन् ।
थारू समुदायसँग निकट विभिन्न सङ्घसङ्गठन आबद्ध थरुहट, थारूवान् संयुक्त सङ्घर्ष समितिले यहाँ आज आयोजना गरेको पत्रकारसम्मेलनमा सभासद्ले जनसङ्ख्याका आधारमा सङ्घीय व्यवस्थापिका र प्रदेश सभाको सदस्यको सङ्ख्या एवम् निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने समेत माग गरेका छन् ।
समितिका संयोजक तथा सभासद् रामजनम चौधरीले थारू समुदायको विषयमा पहिलो संविधानसभाले पारित गरिसकेको विषयलाई मुख्य दलका शीर्षनेताले कटौती गरेको भन्दै आपत्ति जनाए ।
थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले पछिल्लो पटक तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएकाको उपचार गर्नुपर्ने र पक्राउ परेकालाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेका छन् ।
समितिका रमेशकुमार चौधरीले अधिकारका लागि सडक र सदनमा सशक्त आवाज उठिरहेको अवस्थामा पनि थारू समुदायको समग्र विषयलाई राज्यले कुनै वास्ता नगरेको भन्दै कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा