काठमाडौँ, ३२ साउन । राज्यका हरेक संरचनामा थारू समुदायको जनसङ्ख्याका आधारमा समान सहभागिताको विषय नयाँ संविधानमा नै सुनिश्चित गर्नुपर्ने माग सभासद्ले गरेका छन् ।
थारू समुदायसँग निकट विभिन्न सङ्घसङ्गठन आबद्ध थरुहट, थारूवान् संयुक्त सङ्घर्ष समितिले यहाँ आज आयोजना गरेको पत्रकारसम्मेलनमा सभासद्ले जनसङ्ख्याका आधारमा सङ्घीय व्यवस्थापिका र प्रदेश सभाको सदस्यको सङ्ख्या एवम् निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने समेत माग गरेका छन् ।
समितिका संयोजक तथा सभासद् रामजनम चौधरीले थारू समुदायको विषयमा पहिलो संविधानसभाले पारित गरिसकेको विषयलाई मुख्य दलका शीर्षनेताले कटौती गरेको भन्दै आपत्ति जनाए ।
थारू कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले पछिल्लो पटक तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएकाको उपचार गर्नुपर्ने र पक्राउ परेकालाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेका छन् ।
समितिका रमेशकुमार चौधरीले अधिकारका लागि सडक र सदनमा सशक्त आवाज उठिरहेको अवस्थामा पनि थारू समुदायको समग्र विषयलाई राज्यले कुनै वास्ता नगरेको भन्दै कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु