
भूकम्प पीडितकाे सहयाेगार्थ ‘तीनघुम्ती’ काे प्रिमियर शाे
लण्डन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्र्वर प्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’मा अाधारित चलचित्र तीनघुम्तीको प्रिमियर शो यही शनिबार (२२ अगष्ट) हुने भएको छ ।
बाबुराम ढकालले निर्देशन गरेको सो चलचित्रमा एउटा नारीको जीवनमा अाएका तीन वटा घुम्तीहरू, अारोह र अवरोहहरू, नारी संघर्षका कथा देखाउन कोसिस गरिएको बताइएको छ ।
तीन घुम्ती साहित्यकार कोइरालाको चर्चित कृतिहरूमा पर्दछ ।
साे प्रदर्शनीबाट संकलित रकम नेपालका भुकम्प पीडितलाइ प्रदान गरिने चलचित्रका नायक ध्रुव दत्तले जानकारी दिए ।
अल्डरसटस्थित प्रिन्सेस हलमा हुने साे प्रिमियर शाे साँझ ६ बजे शुरू हुनेछ । टिकटदर बाल्कोनीका लागि २० पाउण्ड र साधारणका लागि १० पाउण्ड राखिएकाे छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक