सप्तरी, ३२ साउन । विभिन्न राजनीतिक दलले आह्वान गरेको आमहडतालको दोस्रो दिन आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीसहितका पार्टीले आह्वान गरेको तराई मधेस बन्दका कारण सदरमुकाम राजविराजबाट लामो तथा छोटो दूरीका सवारी साधन छुटेका छैनन् । यहाँ कलकारखाना, उद्योगधन्दा, बजार, शिक्षण संस्थासमेत ठप्प छ ।
बन्दकर्ताहरुले बिहानैदेखि पूर्वपश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्यानपुरलगातका ठाउँमा बन्द गराउँदै हिँडेका छन् ।
यसैबीच, जिल्लाभित्र कुनै किसिमको अप्रिय घटना हुन नदिन ठाउँ ठाउँमा नेपाल प्रहरी र सशत्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते