सप्तरी, ३२ साउन । विभिन्न राजनीतिक दलले आह्वान गरेको आमहडतालको दोस्रो दिन आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीसहितका पार्टीले आह्वान गरेको तराई मधेस बन्दका कारण सदरमुकाम राजविराजबाट लामो तथा छोटो दूरीका सवारी साधन छुटेका छैनन् । यहाँ कलकारखाना, उद्योगधन्दा, बजार, शिक्षण संस्थासमेत ठप्प छ ।
बन्दकर्ताहरुले बिहानैदेखि पूर्वपश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्यानपुरलगातका ठाउँमा बन्द गराउँदै हिँडेका छन् ।
यसैबीच, जिल्लाभित्र कुनै किसिमको अप्रिय घटना हुन नदिन ठाउँ ठाउँमा नेपाल प्रहरी र सशत्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित