काठमाडौँ, २९ साउन । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा रहेको नौ सदस्यीय मूल आयोजक समितिलाई विस्तार गरी २३ सदस्यीय बनाइएको अभियानका युरोप सल्लाहकार तथा अन्तर्राष्ट्रिय सम्मेलन मूल आयोजक समितिका सदस्य दामोदरप्रसाद आचार्यले जानकारी दिए ।
सो समितिमा बेल्जियम र युरोपका अन्य देशमा रहेर स्थानीय तथा अन्तर्राष्ट्रियस्तरका सामाजिक कार्यमा संलग्न रहेका व्यक्तिहरू समितिमा रहेको आचार्यले बताए ।
विस्तारित मूल आयोजक समितिमा सहप्राध्यापक डा बालगोपाल श्रेष्ठ (नेदरल्यान्ड), हरिप्रसाद पौडेल (नेदरल्यान्ड), हरिहर अर्याल (फ्रान्स), हेमन्त उपाध्याय (फ्रान्स), डा यज्ञ अधिकारी (जर्मनी), डा महेश्वर रुपाखेती (जर्मनी), ढकराम भण्डारी (जर्मनी), विमलबाबु उपाध्याय (लक्जेम्वर्ग), युवराज गुरुङ (बेल्जियम), गङ्गाधर गौतम (बेल्जियम), चित्र सुवेदी (बेल्जियम), अर्जुन गुरुङ (बेल्जियम), सन्तोष जोशी (बेल्जियम) र डा रवि पन्त (बेलायत) छन् ।
यसअघि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को संयोजकत्वमा रहेको नौ सदस्यीय मूल आयोजक समितिमा डा कृष्ण अर्याल (नर्वे), प्रा डा कृष्ण पन्थी (नर्वे), प्रा डा मिरोज शाक्य (अमेरिका), डा हरिकुमार श्रेष्ठ (नेपाल), डा मधुकृष्ण श्रेष्ठ (रुस), ई शङ्कर गौतम (स्विडेन), दामोदरप्रसाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल) छन् । सम्मेलनको सहआयोजनाका लागि ब्रुस्सेल्सस्थित युरोपियन आयोगको युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजले उक्त सम्मेलनमा सहभागीता अभिवृद्धि एवम् अन्य सहयोगको प्रयास गर्ने तथा सहकार्यको प्रतिबद्धता व्यक्त गरेको आचार्यले बेल्जियमबाट राससलाई जानकारी दिए ।
यसअघि २५५९ औँ बुद्ध जयन्तीको अवसरमा गत मे महिनाको ४ र ५ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा गर्ने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण स्थगित गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा