काठमाडौँ, २८ साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ यही साउन ३० र ३१ गते हङकङमा हुने क्रिकेट खेलमा नेपालबाट क्रिकेटरले सहभागिता जनाउने भएका छन् ।
‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने नारा दिइएको ‘सिक्सेस फर नेपाल’ कार्यक्रममा नेपाली खेलाडी शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, भुवन कार्की, सोमपाल कामी र सिद्धान्त लोहनीको सहभागिता हुने छ ।
हङ्कङ क्रिकेट सङ्घको आयोजनामा हुन लागेको ‘सुपर सिक्स इभेन्ट’मा छ टोली हुनेछन् । ती टोलीलाई दुई समूहमा विभाजन गरेर एक समूहमा तीन–तीन टोली बनाइनेछ । प्रत्येक टोलीमा एक नेपाली खेलाडी तथा बाँकी हङ्कङका खेलाडी हुनेछन् । भूकम्प प्रभावित छ जिल्लाका नामबाट टोलीको नाम राखिएको छ, जसमा शक्तिले दोलखा, वसन्तले रसुवा, शरदले सिन्धुपाल्चोक, भुवनले धादिङ, सोमपालले गोरखा र सिद्धान्तले नुवाकोटबाट खेल्नेछन् ।
हङ्कङ क्रिकेट सङ्घले क्रिकेट प्रतियोगितामा सिद्धान्तलाई पनि मौका दिएको छ । नेपाली टोलीका युवा प्रतिभा सिद्धान्तलाई ‘किङ अफ हेलिकप्टर सट’ भन्दै खेल्ने मौका दिइएको बताइएको छ । अघिल्लो महिना सम्पन्न टी–ट्वन्टी विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यु गरेका सिद्धान्तले ‘हेलिकप्टर सट’ प्रहार गरेर १६ बलमा २७ रन जोड्दै राम्रो प्रभाव छाडेका थिए । सोही प्रदर्शनका कारण मलेसियामा भएको विश्व ११ विरुद्धको ‘च्यारिटी म्याच’मा पनि उनले मौका पाएका थिए ।
प्रतियोगिताको विजेता टोलीले अन्तिममा नेपालसँग छुट्टै सुपर ओभरको फाइनल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । खेलका क्रममा उठेको सम्पूर्ण रकम हङ्कङ क्रिकेट सङ्घले नेपाललाई उपलब्ध गराउने क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुब्दी लामाले बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते