काठमाडौँ, २७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताएका छन् ।
संवाद क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने कर्मचारी लाइन लाग्न थालेको उल्लेख गरे ।
उनले भने, “निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छाडेर भाग्दै छन्, नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी छ ।”
उनले आगामी १० वर्षभित्र कामका लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न श्रम ऐन संशोधनको तयारीमा लागेको बताए ।
मन्त्री पण्डितले अबको १५, २० दिनमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने बताउँदै मुलुकले फड्को मार्न लागेको बेलामा अलिअलि द्वन्द्व हुनु स्वभाविक भएको विचार व्यक्त गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते