काठमाडौँ, २७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताएका छन् ।
संवाद क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने कर्मचारी लाइन लाग्न थालेको उल्लेख गरे ।
उनले भने, “निजामती क्षेत्रका उच्च पदस्थ कर्मचारी, नेपाल प्रहरीलगायत कर्मचारीले रातारात आफ्नो जागिर छाडेर भाग्दै छन्, नेपालमा डिभी र पिआर हुनेको सङ्ख्या १० हजारभन्दा बढी छ ।”
उनले आगामी १० वर्षभित्र कामका लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न श्रम ऐन संशोधनको तयारीमा लागेको बताए ।
मन्त्री पण्डितले अबको १५, २० दिनमा सङ्घीय लोकतान्त्रिक संविधान जारी हुने बताउँदै मुलुकले फड्को मार्न लागेको बेलामा अलिअलि द्वन्द्व हुनु स्वभाविक भएको विचार व्यक्त गरे ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते