प्यूठान, २६ साउन । प्यूठान सदरमुकाम नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० मध्ये नौ जनाको सनाखत भएको छ ।
सोमबार दिउँसो सदरमुकामबाट बाङ्गेफेदी जाँदै गरेको ना३ख ८३८३ नम्बरको यात्रुबाहक बस साँगुरो घुम्ती रहेको सारिवाङको सडकबाट खोलामा पल्टिँदा घटनास्थलमै छजना र उपचारका लागि लैजाँदै गर्दा चार जना गरी अहिलेसम्म दश जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।
मृतकमध्ये प्यूठान नगरपालिका– १४ की माया केसी, तोरवाङ गाविसका नरेन्द्र जिसी, प्यूठान नरपालिका–२ का सञ्जय सुनार (जुनु), कपिलवस्तुका लङ्कबहादुर रावत, दाङ गढवाकी सीता पण्डित, प्यूठान नगरपालिका–१५ का हस्तबहादुर बस्नेत, तोरवाङ–५ का दानबहादुर पोख्रेल, ढुङ्गेगढी–१ का नामुमाया राई र तुषारा–५ का शिवु गिरीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा परी मृत्यु भएका अन्दाजी १२ वर्षीय बालकको सनाखत हुन सकेको छैन ।
घटनामा गम्भीर घाइते भएका १३ जनाको अहिले भैरहवामा उपचार भइरहेको छ । त्यस्तै घाइते ११ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
त्यस्तै जिल्ला अस्पताल र स्वर्गद्वारी लाइफकेएर हस्पिटलबाट केही घाइते उपचारपछि घर फर्किसकेका छन् । यात्रुबाहक बस पुरानो भएको र तीव्र गतिमा रहेकाले घुम्तीमा दुर्घटना परेको हुनसक्ने अनुमान गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो