
हिन्थादा (म्यानमार), २५ साउन । म्यानमारमा जारी बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या एक सय पुगेको सोमबार स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
यस बाढीको प्रभाव राष्ट्रव्यापी रुपमा परेको र कम्तीमा पनि दश लाख व्यक्ति प्रभावित भएको बताइएको छ । बाढी प्रभावित इलाकाबाट लाखौं व्यक्ति विस्थापित भएका छन् ।
भीषण बाढीका कारण चार लाख ८६ हजार हेक्टर जमिन जलमग्न भएको र सोमध्ये चार लाख ३० हजार हेक्टर जमिन ध्वस्त भएको बताइएको छ ।
यस बाढीबाट ज्यान गुमाउनेहरूमा सबभन्दा बढी राखिन राज्यमा रहेका जनाइएको छ । त्यसैगरी मन्दालाय, साङगइ्ङग र सान राज्यका व्यक्तिहरुले पनि सो बाढीको प्रकोपबाट ज्यान गुमाएका छन् ।
भारी मात्रामा वर्षासँगै म्यानमारका विभिन्न क्षेत्रमा बाढीको प्रकोप निकै बढेको छ । सो बाढीका कारण अरु पनि कयौँ नागरिक हराएका छन् ।
म्यानमारमा बाढीबाट बर्सेनि ठूलो सङ्ख्याका नागरिक घरबारबिहीन हुने गरेका छन् । भारी मौसमी वर्षाका कारण भारत, नेपाल पाकिस्तान र भियतनाममा बाढी र पहिरोबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ ।
सन् २००८ को मे महिनामा म्यानमार आएको नगीर्स् नामको आँधीबाट कम्तीमा पनि एक लाख ३८ हजार व्यक्ति हराएका वा बेपत्ता भएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान