जेनेभा (स्विजरल्यान्ड), २५ साउन । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ (यूएनओजी) का प्रतिनिधि सहभागितामा लिबियामा सोमबार हुने भनिएको नयाँ चरणको राजनीतिक वार्ता मङ्गलबारका लागि सरेको यूएनओजीले जनाएको छ ।
लिबियाबारेमा हुने राजनीतिक छलफल संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनका लिबियाका लागि विशेष प्रतिनिधि वर्डनाडिनो लिअन सोमबार जेनेभा पुग्न नसकेका कारण एक दिन पछि सारिएको राष्ट्रसङ्घले जनाएको छ ।
“लिबियाका बारेमा हुने भनिएको नयाँ चरणको राजनीतिक वार्ता आज हुन नसकेको साथै सम्भवत मङ्गलबार सुरु हुनेछ,” यूएनओजीले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
लिबियाली एक अधिकारीसँगको बृहद् छलफलपछि गएको शुक्रबार लिअनले नयाँ चरणको वार्ता सोमबारदेखि बुधबारसम्म हुने घोषणा गरेका थिए ।
नयाँ चरणको वार्ताका लागि राष्ट्रसङ्घका महासचिवका लिबियाली विशेष प्रतिनिधिले लिबियाका मुख्य दललाई वार्ता सफल पार्न आफ्नो प्रयासलाई दुईगुणा बढाउँदै छलफलमा सहभागी हुन आग्रह गरेका थिए ।
उहाँले यहाँका राजनीतिक शक्ति, धार्मिक समुदाय तथा नागरिक समाजलाई विद्यमान राजनीतिक भिन्नतालाई घटाउँदै वार्तामा सहभागी हुन आग्रह गरेका थिए ।
लिबियामा भइरहेको द्वन्द्वलाई अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रसङ्घले विभिन्न चरणमा द्वन्द्वरत् पक्षसँग गएको सेप्टेम्बरदेखि समन्वय गर्दै आएको छ ।
राष्ट्रसङ्घको पहलमा भएको युद्धबिराम गर्ने सहमतिका बाबजुद पनि लिबियामा द्वन्द्व मत्थर हुन सकेको छैन । आक्रमण तथा प्रत्याक्रमणका घटना दोहोरिँदै आइरहेका छन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची