काठमाडौँ, २५ साउन । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायबाट पर्याप्त रकम प्राप्त नहुँदा भूकम्प अति प्रभावित नेपालका विभिन्न जिल्लामा सञ्चालित मानवीय सहायताका कार्यक्रम निर्धारित योजना अगावै स्थगन हुनसक्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले बैंकक र काठमाडौँबाट एकैपटक एक विज्ञप्ति जारी गरी स्थलमार्गबाट मानवीय सहायताका सामग्री ढुवानी गर्न नसकिने स्थानमा प्रयोग हुँदै आएका हेलिकप्टर पर्याप्त रकम अभावमा निर्धारित योजना अगावै स्थगन हुनसक्ने जनाएको हो ।
सडकबाट पुग्न नसकिने १३९ समुदायमा हेलिकप्टरका माध्यमबाट सहायता सामग्री पुरयाइएको तथा हेलिकप्टरबाट सहायता सामग्री ढुवानी गर्न तथा मानवीय सेवालाई निरन्तरता दिन थप रु एक अर्ब ८० करोड आवश्यक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म रु ८८ करोडमात्र प्राप्त भएको उल्लेख गर्दै विज्ञप्तिमा शीघ्र आवश्यक रकम उपलब्ध नभएमा आगामी भदौ १५ गतेदेखि अत्यावश्यक सामग्री भूकम्पपीडितसमक्ष पुरयाउन नसकिने स्पष्ट गरिएको छ ।
छ सय ५० मेट्रिक टनभन्दा बढी सामग्री विकट भेगमा ढुवानी गर्न बाँकी रहेको तथा थप ३५ वटा संस्थाले आफूसँग रहेका राहत सामग्री ढुवानीका निम्ति राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीलाई आग्रह गरिरहेका विज्ञप्तिमा जनाइएको छ ।
“तत्काल सहायता रकम उपलब्ध नभएमा एक लाख ४६ हजार भूकम्पपीडित अत्यावश्यक सहायता सामग्रीबाट वञ्चित हुने तथा जारी बर्खायाम र त्यसपछिका दिन उनीहरूका निम्ति अत्यन्त कष्टकर हुने” भन्दै विज्ञप्तिमा सहायताका लागि अपिल गरिएको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते