काठमाडौँ, २५ साउन । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायबाट पर्याप्त रकम प्राप्त नहुँदा भूकम्प अति प्रभावित नेपालका विभिन्न जिल्लामा सञ्चालित मानवीय सहायताका कार्यक्रम निर्धारित योजना अगावै स्थगन हुनसक्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले बैंकक र काठमाडौँबाट एकैपटक एक विज्ञप्ति जारी गरी स्थलमार्गबाट मानवीय सहायताका सामग्री ढुवानी गर्न नसकिने स्थानमा प्रयोग हुँदै आएका हेलिकप्टर पर्याप्त रकम अभावमा निर्धारित योजना अगावै स्थगन हुनसक्ने जनाएको हो ।
सडकबाट पुग्न नसकिने १३९ समुदायमा हेलिकप्टरका माध्यमबाट सहायता सामग्री पुरयाइएको तथा हेलिकप्टरबाट सहायता सामग्री ढुवानी गर्न तथा मानवीय सेवालाई निरन्तरता दिन थप रु एक अर्ब ८० करोड आवश्यक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म रु ८८ करोडमात्र प्राप्त भएको उल्लेख गर्दै विज्ञप्तिमा शीघ्र आवश्यक रकम उपलब्ध नभएमा आगामी भदौ १५ गतेदेखि अत्यावश्यक सामग्री भूकम्पपीडितसमक्ष पुरयाउन नसकिने स्पष्ट गरिएको छ ।
छ सय ५० मेट्रिक टनभन्दा बढी सामग्री विकट भेगमा ढुवानी गर्न बाँकी रहेको तथा थप ३५ वटा संस्थाले आफूसँग रहेका राहत सामग्री ढुवानीका निम्ति राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीलाई आग्रह गरिरहेका विज्ञप्तिमा जनाइएको छ ।
“तत्काल सहायता रकम उपलब्ध नभएमा एक लाख ४६ हजार भूकम्पपीडित अत्यावश्यक सहायता सामग्रीबाट वञ्चित हुने तथा जारी बर्खायाम र त्यसपछिका दिन उनीहरूका निम्ति अत्यन्त कष्टकर हुने” भन्दै विज्ञप्तिमा सहायताका लागि अपिल गरिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते