
दिवगंत वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिँदै बरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौंँ, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
जनैखटिराका कारण दुई सातादेखि बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उहाँलाई निमोनियाको सङ्क्रमण पनि देखिएको थियो ।
देवकोटाका सहयोगी अनिल योगीका अनुसार बिहान ५ बजे अस्पतालमा उहाँको निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् ।
देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो ।
विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पूर्वमन्त्री समेत भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक थिए ।
साहित्यिक आख्यान लेखनमा पनि स्थापित देवकोटाले ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि २०४४ सालमा मदन पुरस्कार पाउनुभएको थियो । यस्तै, साझा पुरस्कार, वेदनिधि पुरस्कार, भानुजस्ता पुरस्कार पाइसकेका छन् ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता