लन्डन । युवा व्यवसायी सुनिल खड्काले आसन्न एनआरएनए यूकेको नयां कार्यसमिति निर्वाचनमा कोषाध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । चितवन एड ट्रष्ट (क्याट) का उपाध्यक्ष खड्काले मिडियामार्फत उम्मेदवारी घोषणा गर्दै संघभित्रको आर्थिक बेथिती र विवाद साम्य पारी संस्थालाई नयां ढंगले अगाडि बढाउने चुनौती सामना गर्न चाहेको बताएका छन् ।
‘हामीहरु विवाद छ, अपजसको पद भनेर पन्छिने बेला होइन’, खड्काले भने, ‘अब यसको सृदृढिकरणमा लाग्न आवश्यक ठानेर म जोखिमसहित सक्रिय हुन लागेको हुं ।’ खड्काले केही वर्षयता एनआरएनए यूके सिमित व्यक्तिको पकडमा रहेको उल्लेख गर्दैै अब संघमा भिजन भएका युवा पुस्ता आउन जरुरी रहेको समेत बताए ।
विगत १५ वर्षदेखि बेलायतको वकिङमा बसोवास गरिरहेका खड्काको रेष्टुरेन्ट र प्रोपर्टी व्यवसाय छ । उनको सामाजिक काममा समेत उत्तिकै संलग्नता छ । भूकम्प पीडितका लागि हालै ९ लाख रुपैयां पठाएका खड्काको नेपाल छंदाको पृष्ठभूमि सामाजिक कार्यकर्ताकै रुपमा परिचित थियो ।
चितवन स्थायी घर भएका उनले नेपाल छंदा रेडक्रस, जेसिस, रेयूकाइ, लायन्स क्लव र स्थानीय क्लवमा आवद्ध भएर उल्लेखनीय सामाजिक काम गरेको बताए ।
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]