लन्डन । युवा व्यवसायी सुनिल खड्काले आसन्न एनआरएनए यूकेको नयां कार्यसमिति निर्वाचनमा कोषाध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । चितवन एड ट्रष्ट (क्याट) का उपाध्यक्ष खड्काले मिडियामार्फत उम्मेदवारी घोषणा गर्दै संघभित्रको आर्थिक बेथिती र विवाद साम्य पारी संस्थालाई नयां ढंगले अगाडि बढाउने चुनौती सामना गर्न चाहेको बताएका छन् ।
‘हामीहरु विवाद छ, अपजसको पद भनेर पन्छिने बेला होइन’, खड्काले भने, ‘अब यसको सृदृढिकरणमा लाग्न आवश्यक ठानेर म जोखिमसहित सक्रिय हुन लागेको हुं ।’ खड्काले केही वर्षयता एनआरएनए यूके सिमित व्यक्तिको पकडमा रहेको उल्लेख गर्दैै अब संघमा भिजन भएका युवा पुस्ता आउन जरुरी रहेको समेत बताए ।
विगत १५ वर्षदेखि बेलायतको वकिङमा बसोवास गरिरहेका खड्काको रेष्टुरेन्ट र प्रोपर्टी व्यवसाय छ । उनको सामाजिक काममा समेत उत्तिकै संलग्नता छ । भूकम्प पीडितका लागि हालै ९ लाख रुपैयां पठाएका खड्काको नेपाल छंदाको पृष्ठभूमि सामाजिक कार्यकर्ताकै रुपमा परिचित थियो ।
चितवन स्थायी घर भएका उनले नेपाल छंदा रेडक्रस, जेसिस, रेयूकाइ, लायन्स क्लव र स्थानीय क्लवमा आवद्ध भएर उल्लेखनीय सामाजिक काम गरेको बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा