काठमाडौँ, २४ साउन । प्रादेशिक सीमाङ्कनमा बागलुङ जिल्लालाई विभाजन गर्न नहुने धारणासहित बागलुङ र धौलागिरि अञ्चलका विभिन्न जिल्लाका डेढ दर्जन सभासद्ले लिखित ध्यानाकर्षण गराएका छन् ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठकमा सो क्षेत्रका सभासद्हरूले बागलुङ जिल्लाले पाइरहेको सुविधासमेत वञ्चित हुने गरी सीमाङ्कनमा शीर्ष नेताबाट सहमति भएकामा विरोध जनाए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको पहिलो परिणाम नै आफूहरूलाई थाहा नपाई बागलुङ टुक्रिएको समाचारबाट थाहा पाउनुपरेको भन्दै आक्रोश व्यक्त गरे । नेपाली काँग्रेसका सभासद् प्रकाश पौडेलले पनि बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायतका जिल्लाका सभासद्ले बागलुङ जिल्लालाई विभाजन नगर्न समितिका सभापति डा बाबुराम भट्टराईसमक्ष ध्यानाकर्षण गराएको बताए ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन