लन्डन । नेपालको सर्वाधिक लोकप्रिय ब्याण्ड नेपथ्यको कन्सर्ट हुन अब तीन घण्टा जति बांकी रहंदा दर्शकहरु ‘ओ टु ब्रिक्सटन’ पुगिसकेका छन् । कन्सर्ट आयोजना र संयोजन गरिरहेको ‘इलाइट इभेन्ट्स्’ का एक जना सदस्य एलबीजेड गुरुङले कन्सर्ट हेर्न रेडिङ, फार्नबोरो, टिडवर्थ, अल्डरसट, अक्सफोर्ड, प्लमस्टिड आदि शहरबाट नेपाली ब्रिक्सटन पुगिसकेको टेलिफोनमार्फत जनाए । ‘रेल स्टेशनदेखि हलसम्म नेपालीहरुकै चहलपहल देखिन्छ’, उनले उत्साहित हुंदै भने, ‘हामीलाई आशा छ मौसम र दर्शकहरुको साथले नेपथ्यको आजको दोश्रो शो पनि ऐतिहासिक हुनेछ ।’
नेपथ्य गायक अमृत गुरुङ (तस्विरमा) ले बेलायतवासी सबै दर्शकलाई ओ टु ब्रिक्सटनमा भेट्ने वाचा गरेका छन् । ‘बेलायतका नेपालीहरुबाट पहिलेकै जस्तो अत्यधिक माया पाउने विश्वास लिएको छु,’ अमृतले भनेका छन्, ‘हामी फेरि एकपटक पहिले जस्तै एकाकार भएर गाउनेछौं । तपाईंहरु पनि आउनुस है ।’
नेपथ्यलाई यसपटक पनि करिब दुई वर्षअघि वेम्ली ऐरिना जस्तै ऐतिहासिक शो गर्न चुनौती छ ।
दसौं अल्बमको रेकर्डिङ सकेर गत बुधबार लन्डन आइपुगेको नेपथ्यले नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापनाको दुई सयऔं वार्षिकोत्सवमा समर्पित गीतसहित चारवटा नयां गीत गाउने आयोजकले जनाएका छन् । उसले आफ्ना दर्जनौं लोकप्रिय पुराना गीत समेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
१० जना सदस्यसहित यूके आएको नेपथ्यमा गायक अमृतलाई सँधैझैँ उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
कन्सर्ट ८ बजेबाट शुरु हुने आयोजकले जनाएका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने