लन्डन । नेपालको सर्वाधिक लोकप्रिय ब्याण्ड नेपथ्यको कन्सर्ट हुन अब तीन घण्टा जति बांकी रहंदा दर्शकहरु ‘ओ टु ब्रिक्सटन’ पुगिसकेका छन् । कन्सर्ट आयोजना र संयोजन गरिरहेको ‘इलाइट इभेन्ट्स्’ का एक जना सदस्य एलबीजेड गुरुङले कन्सर्ट हेर्न रेडिङ, फार्नबोरो, टिडवर्थ, अल्डरसट, अक्सफोर्ड, प्लमस्टिड आदि शहरबाट नेपाली ब्रिक्सटन पुगिसकेको टेलिफोनमार्फत जनाए । ‘रेल स्टेशनदेखि हलसम्म नेपालीहरुकै चहलपहल देखिन्छ’, उनले उत्साहित हुंदै भने, ‘हामीलाई आशा छ मौसम र दर्शकहरुको साथले नेपथ्यको आजको दोश्रो शो पनि ऐतिहासिक हुनेछ ।’
नेपथ्य गायक अमृत गुरुङ (तस्विरमा) ले बेलायतवासी सबै दर्शकलाई ओ टु ब्रिक्सटनमा भेट्ने वाचा गरेका छन् । ‘बेलायतका नेपालीहरुबाट पहिलेकै जस्तो अत्यधिक माया पाउने विश्वास लिएको छु,’ अमृतले भनेका छन्, ‘हामी फेरि एकपटक पहिले जस्तै एकाकार भएर गाउनेछौं । तपाईंहरु पनि आउनुस है ।’
नेपथ्यलाई यसपटक पनि करिब दुई वर्षअघि वेम्ली ऐरिना जस्तै ऐतिहासिक शो गर्न चुनौती छ ।
दसौं अल्बमको रेकर्डिङ सकेर गत बुधबार लन्डन आइपुगेको नेपथ्यले नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापनाको दुई सयऔं वार्षिकोत्सवमा समर्पित गीतसहित चारवटा नयां गीत गाउने आयोजकले जनाएका छन् । उसले आफ्ना दर्जनौं लोकप्रिय पुराना गीत समेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
१० जना सदस्यसहित यूके आएको नेपथ्यमा गायक अमृतलाई सँधैझैँ उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।
कन्सर्ट ८ बजेबाट शुरु हुने आयोजकले जनाएका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते