
काठमाडौँ, २३ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेता अहोरात्र रुपमा जुटिरहनुभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “संविधानलाई अन्तिम रुप दिन शीर्ष नेता गम्भीरतापूर्वक लागिरहनुभएको छ, अब छिट्टै सार्थक परिणाम निस्कन्छ ।”
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा स्थापित “आदिवासी जनजाति पुरस्कार २०७२” आज यहाँ वितरण गर्दै अध्यक्ष नेम्वाङले सबै वर्ग, क्षेत्र, समुदायको आफ्नो अपनत्व हुने अग्रगामी संविधान आउने विश्वास व्यक्त गर्नुभयो ।
“संविधानले पहिचान र समावेशीतालाई बिर्सने छैन, यसमा तपाईहरु ढुक्क हुनुहोस्”, अध्यक्ष नेम्वाङले भन्नुभयो ।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समावेशीतासहितको संविधान नआएमा महासङ्घलाई मान्य हुँदैन भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आदिवासी जनजाति पत्रकारले उठान गरेका सञ्चार नीतिलाई समावेशी बनाउनुपर्ने मागप्रति महासङ्घको साथ र सहयोग रहनेछ भन्नुभयो ।
फोनिजका अध्यक्ष दण्ड गुरुङ र महासचिव गजुरधन राईले नयाँ बन्न लागेको सञ्चार नीतिलाई समावेशी बनाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा विसं २०७२ को फोनिज पुरस्कारबाट सात जना सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेमा सुरेशकिरण मानन्धर (सन्ध्या टाइम्स दैनिक), देविका घर्तीमगर (हिमाल खबर), लोकबहादुर गुरुङ र लाल गुरुङ (एबिसी टेलिभिजन), रोजिना लामा (सगरमाथा टेलिभिजन), सन्तोष नेम्वाङ (इलाम एफएम) र कमला चौधरी (रेडियो जागरण रुपन्देही) रहेका छन् ।
अध्यक्ष नेम्वाङले ती सञ्चारकर्मीलाई नगद रु २० हजारसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
फोनिजले हरेक वर्ष आदिवासी जनजाति क्षेत्रका सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो