काठमाडौँ, २१ साउन । बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएको धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् ।
धर्म निरपेक्ष संरक्षण महासमितिको आयोजनामा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ती धर्मका धर्मगुरुहरुले मुलुकमा गणतन्त्र स्थापना भइसकेको र अन्तरिम संविधानमा पनि व्यवस्था भइसकेको धर्मनिरपेक्ष हटाइ धार्मिक स्वतन्त्रता वा अन्य कुनै शब्द प्रयोग भएमा आफूहरुलाई मान्य नहुने बताए ।
कार्यक्रममा नेपाल बौद्ध महासङ्घका अध्यक्ष फुपु छेम्बे शेर्पाले राज्यले कहिले पनि एउटा धर्मलाई मात्र संरक्षण गर्ने नीति लिन नहुने बताउँदै स्थायी शान्तिका लागि सबै धर्मको समान रुपमा व्यवहार हुनुपर्नेमा जोड दिए ।
इसाई धर्मगुरु उत्तम परियारले पहिलो संविधानसभाले राखेको धर्म निरपेक्षतालाई दोस्रो संविधानसभाको निर्वाचनपछि षड्यन्त्रपूर्वक हटाउन खोजिएकामा रोष प्रकट गर्दै नयाँ संविधानमा धर्म निरपेक्षतालाई कायम गरेर राज्यले सबैप्रति समान व्यवहार गर्नुपर्ने धारणा राखे ।
धर्म निरपेक्ष संरक्षण महासमितिमा आबद्ध बौद्ध धर्मअन्तर्गत थेरवादका भिक्षु कोण्डन्य, महायानका फुपु छेम्बे शेर्पा, बज्रयानका प्रा डा नरेशमान बज्राचार्य, किराँतका डेकेन्द्रसिंह थेगिम, इस्लामका नजुरलद्दिन हुसेन, इसाइका उत्तम परियार र सिखका गुरु वश्व्श सिंह ज्ञानीले जारी गर्नुभएको विज्ञप्तिमा धर्मनिरपेक्ष भन्ने शब्दावली संविधानमा नराख्ने प्रयत्न गरे तथा यसप्रति विविध तवरका षड्यन्त्रहरु गरे आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने उल्लेख छ ।
संविधानमा षड्यन्त्रपूर्वक धर्म निरपेक्षता हटाएमा षड्यन्त्रको प्रतिकार गर्न महासमिति बाध्य हुने र त्यसले उत्पन्न गर्ने कुनै पनि प्रतिकूल परिस्थितिको जिम्मेवार सरकार हुने विज्ञप्तिमा जनाइएको छ ।
बहुधार्मिक देशको रुपमा परिचित हाम्रो देशलाई बचाइराख्ने हो भने धर्मनिरपेक्ष शब्दावलीलाई कुनै किसिमको मुद्दा नबनाउन आग्रह गरिएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने