काठमाडौँ, २१ साउन । बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएको धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् ।
धर्म निरपेक्ष संरक्षण महासमितिको आयोजनामा बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा ती धर्मका धर्मगुरुहरुले मुलुकमा गणतन्त्र स्थापना भइसकेको र अन्तरिम संविधानमा पनि व्यवस्था भइसकेको धर्मनिरपेक्ष हटाइ धार्मिक स्वतन्त्रता वा अन्य कुनै शब्द प्रयोग भएमा आफूहरुलाई मान्य नहुने बताए ।
कार्यक्रममा नेपाल बौद्ध महासङ्घका अध्यक्ष फुपु छेम्बे शेर्पाले राज्यले कहिले पनि एउटा धर्मलाई मात्र संरक्षण गर्ने नीति लिन नहुने बताउँदै स्थायी शान्तिका लागि सबै धर्मको समान रुपमा व्यवहार हुनुपर्नेमा जोड दिए ।
इसाई धर्मगुरु उत्तम परियारले पहिलो संविधानसभाले राखेको धर्म निरपेक्षतालाई दोस्रो संविधानसभाको निर्वाचनपछि षड्यन्त्रपूर्वक हटाउन खोजिएकामा रोष प्रकट गर्दै नयाँ संविधानमा धर्म निरपेक्षतालाई कायम गरेर राज्यले सबैप्रति समान व्यवहार गर्नुपर्ने धारणा राखे ।
धर्म निरपेक्ष संरक्षण महासमितिमा आबद्ध बौद्ध धर्मअन्तर्गत थेरवादका भिक्षु कोण्डन्य, महायानका फुपु छेम्बे शेर्पा, बज्रयानका प्रा डा नरेशमान बज्राचार्य, किराँतका डेकेन्द्रसिंह थेगिम, इस्लामका नजुरलद्दिन हुसेन, इसाइका उत्तम परियार र सिखका गुरु वश्व्श सिंह ज्ञानीले जारी गर्नुभएको विज्ञप्तिमा धर्मनिरपेक्ष भन्ने शब्दावली संविधानमा नराख्ने प्रयत्न गरे तथा यसप्रति विविध तवरका षड्यन्त्रहरु गरे आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने उल्लेख छ ।
संविधानमा षड्यन्त्रपूर्वक धर्म निरपेक्षता हटाएमा षड्यन्त्रको प्रतिकार गर्न महासमिति बाध्य हुने र त्यसले उत्पन्न गर्ने कुनै पनि प्रतिकूल परिस्थितिको जिम्मेवार सरकार हुने विज्ञप्तिमा जनाइएको छ ।
बहुधार्मिक देशको रुपमा परिचित हाम्रो देशलाई बचाइराख्ने हो भने धर्मनिरपेक्ष शब्दावलीलाई कुनै किसिमको मुद्दा नबनाउन आग्रह गरिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा