काठमाडौँ, २० साउन । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय आजै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक बिहिबारसम्म लम्बिएको छ ।
“सीमासहितको प्रदेशको व्यवस्थाका साथ संविधान जारी गर्न प्रमुख चार दल सहमति नजिक पुगेका छन्, केही विषय टुङ्ग्याउन बाँकी रहेकाले भोलि बिहान ९ बजे बस्ने बैठक निष्कर्षमा पुग्नेछ,” मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बैठकपछि पत्रकारहरुसँग भने । नागरिकता, धर्मलगायत सबै विषय भोलि टुङ्ग्याइने जानकारी पनि उनले दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही विषयमा सहमति कायम भइनसकेकाले समझदारी कायम गरेर भोलि टुङ्ग्याइने जानकारी दिए ।
। एनेकपा अध्यक्ष पुष्पकमल दाहालले आज सबै विषयमा गम्भीर ढङ्गले छलफल भएको बताउँदै ती विषयलाई भोलि निष्कर्षमा पुरयाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने “केही विषयमा निष्कर्षमा पुग्न आज भ्याइएन, भोलि निचोडमा पुग्नेमा हामी विश्वस्त छौँ ।”
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले बैठक सकारात्मक ढङ्गले अघि बढेको जानकारी दिँदै पूर्ण निष्कर्षमा पुग्न थप छलफल गर्नुपर्ने भएकाले बिहिबार सम्मका लागि बैठक लम्ब्याइएको बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते