काठमाडौँ, २० साउन । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय आजै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक बिहिबारसम्म लम्बिएको छ ।
“सीमासहितको प्रदेशको व्यवस्थाका साथ संविधान जारी गर्न प्रमुख चार दल सहमति नजिक पुगेका छन्, केही विषय टुङ्ग्याउन बाँकी रहेकाले भोलि बिहान ९ बजे बस्ने बैठक निष्कर्षमा पुग्नेछ,” मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बैठकपछि पत्रकारहरुसँग भने । नागरिकता, धर्मलगायत सबै विषय भोलि टुङ्ग्याइने जानकारी पनि उनले दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही विषयमा सहमति कायम भइनसकेकाले समझदारी कायम गरेर भोलि टुङ्ग्याइने जानकारी दिए ।
। एनेकपा अध्यक्ष पुष्पकमल दाहालले आज सबै विषयमा गम्भीर ढङ्गले छलफल भएको बताउँदै ती विषयलाई भोलि निष्कर्षमा पुरयाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने “केही विषयमा निष्कर्षमा पुग्न आज भ्याइएन, भोलि निचोडमा पुग्नेमा हामी विश्वस्त छौँ ।”
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले बैठक सकारात्मक ढङ्गले अघि बढेको जानकारी दिँदै पूर्ण निष्कर्षमा पुग्न थप छलफल गर्नुपर्ने भएकाले बिहिबार सम्मका लागि बैठक लम्ब्याइएको बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा