लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका सचिव दासु पाण्डेले आगामी सेप्टेम्बर १३ मा हुने निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कम बोल्ने र काममा विश्वास राख्ने पाण्डेले आफ्नो कार्यकालमा खेलेको भूमिकालाई एनआरएनए बेलायतलाई नजिकबाट हेर्नेले प्रसंसा गरेका छन् ।
तत्कालिन अध्यक्ष योगेनबहादुर क्षेत्री र हालका अध्यक्ष महेन्द्र कंडेलवीच एक एक बर्षको कार्यकाल बांडने सहमतिको पक्षमा सचिव पाण्डे उभिएका थिए । सहमति गरेपछि त्यसलाई मान्नु पर्ने अडानमा पाण्डे रहेपनि तत्कालिन महासचिव योगकुमार फगामी, तत्कालिन सचिव संगीता मरहट्टा क्षेत्रीकै पक्षमा लागेका थिए । एमाले निकट प्रवासी नेपाली मंचसँग सम्बद्ध रहेका पाण्डे अहिले सम्म कुनै टिममा देखिएका छैनन् ।
वर्तमान अवस्थामा एनआरएनए युके भित्र देखिएको असमझदारीलाई हटाउदै एकताबद्ध रुपमा अघि बढाउने उनले बताएका छन् । त्यस्तै, एक पटकको नेपाली सधैका लागि नेपाली भन्ने गैर आवासीय नेपाली संघको एजेण्डालाई टुङोमा पुरयाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने अठोट उपाध्यक्षका प्रत्यासी पाण्डेको छ ।
पाण्डेले विगतमा आफूले गरेका कामको मुल्यांकन गरि दिन पनि युकेवासी नेपालीलाई आग्रह गरेका छन् । उनी एक सफल व्यवसायी मानिन्छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा