फलेवास (पर्वत), १६ साउन । अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा करिव रु ३० करोडको क्षति पुगेको छ ।
विद्युत्गृहको सुरक्षाका लागि लगाएको पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका छन् ।
“विद्युत्गृह र अन्य भौतिक संरचनामा गरी रु ३० करोडको क्षति पुगेको प्रारम्भिक अनुमान गरेका छौँ” आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताए । गौतमले भने– “विद्युत्गृहभित्रका उपकरण खोलेर हेरेपछि मात्रै क्षतिको यकिन तथ्याङ्क आउँछ” बाढीले १२५ केभिए क्षमताको जेनेरेटर बगाएको छ ।
निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । आयोजनामा बाढीले क्षति पु¥याएपछि दुई महिनाभन्दा बढी लामो समय लाग्ने जानकारी निर्देशक गौतमले दिए । इलेक्ट्रोमेकानिकल कामका लागि विदेशबाट प्राविधिक आउनुपर्ने भएकाले मर्मतका लागि समय लाग्ने उनको भनाइ छ ।
आयोजना दुई महिनासम्म बन्द हुँदा आयोजनालाई रु २० करोडभन्दा बढी घाटा हुने निर्देशक गौतमले बताए । एक दिन विद्युत् बन्द हुँदा रु आठ लाखभन्दा बढी क्षति हुन्छ ।
यसैबीच बाढी र पहिरोका कारण पर्वतको देउपुरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बन्द भएको छ ।
पर्वतको तिलहार गाविस–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पुरयाएपछि मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । प्रसारण लाइन अवरुद्ध भएपछि इन्टेकमा विद्युत् आपूर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित