फलेवास (पर्वत), १६ साउन । अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा करिव रु ३० करोडको क्षति पुगेको छ ।
विद्युत्गृहको सुरक्षाका लागि लगाएको पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका छन् ।
“विद्युत्गृह र अन्य भौतिक संरचनामा गरी रु ३० करोडको क्षति पुगेको प्रारम्भिक अनुमान गरेका छौँ” आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताए । गौतमले भने– “विद्युत्गृहभित्रका उपकरण खोलेर हेरेपछि मात्रै क्षतिको यकिन तथ्याङ्क आउँछ” बाढीले १२५ केभिए क्षमताको जेनेरेटर बगाएको छ ।
निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । आयोजनामा बाढीले क्षति पु¥याएपछि दुई महिनाभन्दा बढी लामो समय लाग्ने जानकारी निर्देशक गौतमले दिए । इलेक्ट्रोमेकानिकल कामका लागि विदेशबाट प्राविधिक आउनुपर्ने भएकाले मर्मतका लागि समय लाग्ने उनको भनाइ छ ।
आयोजना दुई महिनासम्म बन्द हुँदा आयोजनालाई रु २० करोडभन्दा बढी घाटा हुने निर्देशक गौतमले बताए । एक दिन विद्युत् बन्द हुँदा रु आठ लाखभन्दा बढी क्षति हुन्छ ।
यसैबीच बाढी र पहिरोका कारण पर्वतको देउपुरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बन्द भएको छ ।
पर्वतको तिलहार गाविस–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पुरयाएपछि मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । प्रसारण लाइन अवरुद्ध भएपछि इन्टेकमा विद्युत् आपूर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते