काठमाडौँ, १५ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः०० बजे प्रधानमन्त्री मोदी र नेता देउवाबीच शिष्टाचार भेट भएको भेटमा सहभागी पूर्वप्रधानमन्त्री देउवा पत्नी एवम् सभासद् डा आरजु राणा देउवाले राससलाई जानकारी दिइन् ।
सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पलगत्तै र पुनःनिर्माणमा भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
नेता देउवाले प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणका बारेमा जानकारी गराउंदै विकास निर्माणसम्बन्धी ठूला लगानीका पूर्वाधारमा भारतको सहयोगको अपेक्षा गरेका थिए ।
प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकामा खुसी व्यक्त गर्दै सकेसम्म सबैको सहमतिमा संविधान जारी गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल संविधान जारी भएपश्चात् छिट्टै शान्ति, स्थिरता र विकासको बाटोमा लम्कने आशा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले आफूहरूसँग भएको अनुभव नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सघाउने बताएको सभासद् डा राणाले बताइन् ।
यसअघि पूर्वप्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा आजै मध्याह्न १ बजे शिष्टाचार भेटवार्ता गरेका थिए ।
भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो ।
राष्ट्रपति मुखर्जीले विगतमा आफू विदेशमन्त्री भएका बेला सम्झौता भएको बहुउद्देश्यीय पञ्चेश्वर परियोजनाको कार्य हाल अघि बढेकामा खुसी व्यक्त गरेको सभासद् डा आरजु राणाले बताइन् ।
नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । भारत सरकारको निमन्त्रणमा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा