काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले आज बिहान नेपाल–भारत सीमा नजिकै कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई धनगढीबाट विमानमा काठमाडौँ ल्याई आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरयो ।
उनीहरुले नेपाल राष्ट्र बैंक तथा डिभिजन सहकारी संस्थासँग स्वीकृति नै नलिई निक्षेप सङ्कलनसम्बन्धी वित्तीय कारोबार गरेको तथा विभिन्न जिल्लाका तीन लाख ६६ हजार ३४२ जनाबाट झूठो आश्वासन दिई रु तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार १०३ उठाई फरार रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विसं २०६७ जेठ ३ गतेदेखि फरार रहेका उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतले २०७० साल चैत १७ गतेको फैसलाले तीन वर्ष कैद र जनही रु एक करोड २६ हजार २७६ जाहेरवालालाई भराइदिने फैसला गरेको थियो ।
पर्वत जिल्ला आर्थर डाँडाखर्क गाविस घर भएका उनीहरु नाताले सहोदर दाजुभाइ हुन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते