मुगु, १५ साउन । नेपालगन्जदेखि मुगुको रारा विमानस्थल ताल्चसम्म उडान भर्ने निजी वायुसेवा कम्पनीले मनपरि भाडा असुल्दा यो क्षेत्रको हवाई यात्रा गर्ने यात्रु मारमा परेका छन् ।
नेपालगन्जदेखि मुगुका लागि हवाई सेवा प्रदान गर्दै आइरहेका गोमा एयर, तारा एयरले अलगअलग भाडादर कायम गरी मनपरि गरिरहेको देखिए पनि नियमन गर्ने निकाय भने मौन रहेको पाइएको छ ।
एउटै उडानमा यात्रा गर्ने हवाई यात्रुले अलगअलग भाडा तिर्ने गरेका छन् । नेपालगन्ज विमानस्थलमा टिकटमा दलाली गर्ने गिरोह रहेको र त्यो गिरोहले भाडादरमा एकरुपता ल्याउन नदिन ठूलो खेल खेल्ने गरेको पाइएको छ ।
भाडा दरमा एकरुपता ल्याउन तथा नेपालगन्ज विमानस्थलमा हवाई टिकटको दलाली गर्ने गिरोहको सञ्जाल तोड्न क्षेत्रीय प्रशासन कार्यालयलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
नेपालगन्जदेखि मुगुको हवाई यात्रा गर्ने टाठाबाठा हवाई यात्रुले आठ हजारसम्म भाडा तिर्ने गरेका छन् भने सोझा सर्वसाधारणले रु दश ५०० हजारसम्म तिर्ने गरेका छन् । नेपालगन्ज विमानस्थलमा रहेका भिजिट कर्णाली र रारा भिजट कार्गो कम्पनीमार्फत वितरण गरिने हवाई टिकटमा मनपरि हुने गरेको र अर्को टिकट दलाली गर्ने अलग गिरोहसमेत रहेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरवीर रावतले बताए ।
एउटै उडानमा तारा एयरको विमानबाट बिहिबार मुगु पुगेका अध्यक्ष रावतले एकतर्फी उनीसँगै आएका स्थानीयवासी रत्नसिंह मल्ल र पदमबहादुर मल्लले रु नौ हजार हवाई भाडा तिरे । तर अर्का यात्रु जङ्गबहादुर शाहीले रु आठ हजार मात्रै भाडा तिरे ।
नेपालगन्जदेखि मुगुका लागि हवाई उडान गर्ने निजी कम्पनीका जहाजको उडान तालिका छैन । चार्टर उडान गर्ने भन्दै उनीहरू मनपरि भाडा असुल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले आफू नेपालगन्जबाट मुगु आउँदा चार्टर उडान भनेर रु दश हजार १५० तिरेको बताए ।
नियमित उडानका लागि नेपाल वायु सेवाको जहाजले रु चार हजार ५०० प्रतियात्रु हवाई भाडा कायम गरेको छ ।
निजी कम्पनीका जहाजमा यात्रा गर्ने कतिपय यात्रुले टिकट बिना नै बोर्डिङ पासका भरमा यात्रा गर्ने गरिरहेकाले त्यसको नियमन गर्न जिल्लाबाट सर्वपक्षीय पहल हुनुपर्ने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
विमान कम्पनीले दिने इ–टिकटमा समेत भाडादर उल्लेख गरिएको हुँदैन ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त