काठमाडौँ, १५ साउन । ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको संविधानसभा व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निष्कर्ष निकालेको छ ।
समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा छलफल गर्दै सभासद्ले ग्यास उद्योग तथा वितरणलाई कानुनले सम्बोधन गर्न नसकेको बताएका हुन् ।
सभापति आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गरे ।
ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भने – “ग्यासम्बन्धी कुनै पनि कानुन नभएको र त्यसको मार उपभोक्तामाथि पर्ने गरेको छ ।” उनले ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानुन आवश्यक भएको बताए ।
आपूर्ति तथा उपभोक्ता सम्बन्ध उपसमितिका संयोजक कार्कीले उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समयसापेक्ष बनाइनुपर्नेमा र बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छुट्टै अनुगमनकारी निकाय गठन नहुन्जेलसम्म वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सबल बनाउनुपर्ने बताए ।
सभासद् श्यामकुमार श्रेष्ठले आवश्यक कानुनी संरचना तयार गरी ग्यास उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सभासद् चन्द्र महर्जनले वातावरणमैत्री उद्योगको सञ्चालन तथा व्यवस्थापनका आवश्यक नीति तयार गर्न पहल गर्नुपर्ने बताए ।
बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक