काठमाडौँ, १५ साउन । ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावका कारण उपभोक्तामा समस्या पर्ने गरेको संविधानसभा व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निष्कर्ष निकालेको छ ।
समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको ग्यास आपूर्ति एवम् व्यवस्थापन विषयमा छलफल गर्दै सभासद्ले ग्यास उद्योग तथा वितरणलाई कानुनले सम्बोधन गर्न नसकेको बताएका हुन् ।
सभापति आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने उल्लेख गरे ।
ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले भने – “ग्यासम्बन्धी कुनै पनि कानुन नभएको र त्यसको मार उपभोक्तामाथि पर्ने गरेको छ ।” उनले ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानुन आवश्यक भएको बताए ।
आपूर्ति तथा उपभोक्ता सम्बन्ध उपसमितिका संयोजक कार्कीले उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समयसापेक्ष बनाइनुपर्नेमा र बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छुट्टै अनुगमनकारी निकाय गठन नहुन्जेलसम्म वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई सबल बनाउनुपर्ने बताए ।
सभासद् श्यामकुमार श्रेष्ठले आवश्यक कानुनी संरचना तयार गरी ग्यास उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सभासद् चन्द्र महर्जनले वातावरणमैत्री उद्योगको सञ्चालन तथा व्यवस्थापनका आवश्यक नीति तयार गर्न पहल गर्नुपर्ने बताए ।
बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा