बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: ०५:०४ | UK Time: 00:19

विद्यार्थी नभएपछि करिब पाँच सय विद्यालय गाभिए

वीनेपाली
२०७२ साउन १५ गते १०:०४

काठमाडौँ, १५ साउन । विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एकापसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४१७ ले कमी आएको छ ।

गत वर्ष देशभर कुल ३५ हजार २२३ विद्यालय रहेकामा ४१७ विद्यालय गाभिई गत आवको अन्त्यमा ३४ हजार ८०६ कायम हुन पुगेका छन् । विद्यालय गाभिएपछि प्रावि तहका रिक्त सात हजार ४३० शिक्षकलाई निमावि तहमा दरबन्दी मिलानको काम शिक्षा मन्त्रालयले गरिरहेको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आव ०७१, ७२ को ‘मन्त्रालयगत प्रगति विवरण’ मा हाल त्यसमध्ये ३४ हजार ३३५ प्राथमिक, १४ हजार ९२४ निमावि, ३४ हजार ५०६ आधारभूत (१–८) तह, आठ हजार ८१४ मावि र तीन हजार ५९६ उमावि छन् ।

शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालय गाभेर शिक्षक दरबन्दी मिलानको कार्य अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक