काठमाडौँ, १५ साउन । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरुपूर्णिमा मनाइँदै छ ।
आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ ।
वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो ।
प्राध्यापक अम्बिका भट्टराईका अनुसार संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो । यस्तो अन्धकाररुपी अज्ञानतालाई हटाउन ज्ञान रुपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर तथा परब्रह्मस्वरुप मानिन्छ ।
सनातन हिन्दू मान्यताअनुरुप माता–पिता, गायत्री–दीक्षा मन्त्र तथा सङ्गीतलगायत ६४ कला सिकाउने आचार्यलाई गुरुका रुपमा लिइने उनले बताए ।
वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिमुनिहरुलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम गुरुका रुपमा मानिन्छ ।
द्वापरयुगको अन्त्यतिर ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा आजकै दिन व्यासको जन्म भएको थियो । चारै वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउने परम्परा रहिआएको भट्टराईले चर्चा गरे ।
आजको दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रुपमा पनि लिइन्छ । गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिएका थिए ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ