
बनेपा, १४ साउन । काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दा ५४ प्रतिशतले वृद्धि भएको छ । तर जबर्जस्ती करणीको मुद्दा भने घटेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिएको हो ।
आर्थिक अभाव, लोभलालचमा फसेको, साक्षरतामा कमी, आधुनिकताको नक्कल, मादक पदार्थ तथा लागुपदार्थको दुव्र्यसन, श्रीमान् विदेश गएकोलगायतका कारण जबर्जस्ती करणी उद्योगको मुद्दा बढेको प्रहरीको अनुमान छ ।
प्रहरी उपरीक्षक पुजा सिंहले गत आवमा १५ वटा मात्रै मुद्दा दर्ता भएकामा आव २०७१, ०७२ मा बढेर १८ वटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको जानकारी दिइन् ।
उनले आव २०७०÷०७१ मा ३२ प्रतिशत मात्रै जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको उल्लेख गर्दै यो प्रकृतिको मुद्दालाई पनि घटाउने कोसिस भइरहेको बताइन् ।
बलात्कारका लागि कोसिस गर्ने प्रकृतिका मुद्दालाई जबर्जस्ती करणी उद्योग भनिन्छ । जिल्लामा जबर्जस्ती करणी (बलात्कार) गरेको मुद्दा आव २०७०, ०७१ मा ४१ प्रतिशत भएकामा घटेर आव २०७१, ७२ मा ३४ प्रतिशतमा झरेको प्रहरीले जनाएको छ ।
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय