
बनेपा, १४ साउन । काभ्रेपलाञ्चोकमा जबर्जस्ती करणी उद्योगका मुद्दा ५४ प्रतिशतले वृद्धि भएको छ । तर जबर्जस्ती करणीको मुद्दा भने घटेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिएको हो ।
आर्थिक अभाव, लोभलालचमा फसेको, साक्षरतामा कमी, आधुनिकताको नक्कल, मादक पदार्थ तथा लागुपदार्थको दुव्र्यसन, श्रीमान् विदेश गएकोलगायतका कारण जबर्जस्ती करणी उद्योगको मुद्दा बढेको प्रहरीको अनुमान छ ।
प्रहरी उपरीक्षक पुजा सिंहले गत आवमा १५ वटा मात्रै मुद्दा दर्ता भएकामा आव २०७१, ०७२ मा बढेर १८ वटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको जानकारी दिइन् ।
उनले आव २०७०÷०७१ मा ३२ प्रतिशत मात्रै जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता भएको उल्लेख गर्दै यो प्रकृतिको मुद्दालाई पनि घटाउने कोसिस भइरहेको बताइन् ।
बलात्कारका लागि कोसिस गर्ने प्रकृतिका मुद्दालाई जबर्जस्ती करणी उद्योग भनिन्छ । जिल्लामा जबर्जस्ती करणी (बलात्कार) गरेको मुद्दा आव २०७०, ०७१ मा ४१ प्रतिशत भएकामा घटेर आव २०७१, ७२ मा ३४ प्रतिशतमा झरेको प्रहरीले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते