साउन मसान्तभित्र संविधान जारी गर्ने दलहरुको पुनः प्रतिवद्धता

Four Parties Meeting with the Chief Justice

काठमाडौँ, १३ साउन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा चार दलका शीर्ष नेताबीच भएको छलफलमा साउन मसान्तभित्र संविधान जारी गर्ने पुनःप्रतिबद्धता व्यक्त गरिएको छ ।

संविधानसभाले सहमतिका लागि पठाएको प्रस्तावलाई बढीमा चार दिनभित्रमा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले निष्कर्षमा पुरयाउने सहमति पनि उहाहरुबीच भएको छ ।

समितिमा छलफल गर्दा सजिलोसँग टुङ्गोमा पुरयाउन सकिने विषयलाई मात्र सहमतिका लागि प्रयास गर्ने तथा सहमतिका लागि बढी प्रयास गर्नुपर्ने विषयमा सहमति खोज्न समितिमा समय नखर्चने विषयमा पनि नेताहरुबीच मतैक्यता भएको छ ।

समितिमा भोलि बिहीबारदेखि असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्ने सिलसिलामा चौविसै घन्टा छलफल, संवाद र सहमतिको प्रयास हुनेछ । त्यसैगरी, संवाद समितिले सहमति गरेर पठाएका विषयलाई बढीमा चार दिनभित्रै संविधान मस्यौदा समितिले टुङग्याई सक्ने गरी संविधानसभाले समय प्रदान गर्ने विषयमा पनि दलहरुबीच सहमति भएको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजनीतिक समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला तथा प्रमुख तीन दलका संसदीय दलका सचेतक सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री