काठमाडौँ, १३ साउन । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा चार दलका शीर्ष नेताबीच भएको छलफलमा साउन मसान्तभित्र संविधान जारी गर्ने पुनःप्रतिबद्धता व्यक्त गरिएको छ ।
संविधानसभाले सहमतिका लागि पठाएको प्रस्तावलाई बढीमा चार दिनभित्रमा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले निष्कर्षमा पुरयाउने सहमति पनि उहाहरुबीच भएको छ ।
समितिमा छलफल गर्दा सजिलोसँग टुङ्गोमा पुरयाउन सकिने विषयलाई मात्र सहमतिका लागि प्रयास गर्ने तथा सहमतिका लागि बढी प्रयास गर्नुपर्ने विषयमा सहमति खोज्न समितिमा समय नखर्चने विषयमा पनि नेताहरुबीच मतैक्यता भएको छ ।
समितिमा भोलि बिहीबारदेखि असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्ने सिलसिलामा चौविसै घन्टा छलफल, संवाद र सहमतिको प्रयास हुनेछ । त्यसैगरी, संवाद समितिले सहमति गरेर पठाएका विषयलाई बढीमा चार दिनभित्रै संविधान मस्यौदा समितिले टुङग्याई सक्ने गरी संविधानसभाले समय प्रदान गर्ने विषयमा पनि दलहरुबीच सहमति भएको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजनीतिक समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला तथा प्रमुख तीन दलका संसदीय दलका सचेतक सहभागी थिए ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा