काठमाडौँ, १२ साउन । सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको कारबाही प्रारम्भसँगै सांसदहरुले उठाउँदै आएका सार्वभौमसत्तामाथिको चलखेल, राजनीतिक खिचलो अन्त्य, धार्मिक सहिष्णुता कायम राख्न तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम राख्नुपर्ने जस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रामअयोध्याप्रसाद यादवले तराईका विभिन्न जिल्लालाई सुक्खा क्षेत्रको घोषणा गर्न माग गर्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरे । सांसद प्रकाश ज्वालाले धर्मका नाममा कसैले पनि राष्ट्र टुक्राउने अभिव्यक्ति दिन नमिल्ने बताउनभुयो । सांसद रामनारायण बिँडारीले भूकम्पपीडितको पुनःस्थापनाका लागि सरकारले चासो नदेखाएको आरोप लगाए ।
सांसद रामकुमार सुब्बाले पूर्वाञ्चलको इटहरी चोकमा प्रहरीले जनतालाई निर्ममतापूर्वक दिएको यातनाका सम्बन्धमा सत्य तथ्य बुझी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे । सांसद अशोक राईले झापाको लखनपुरस्थित रङ्गाशालाको नाम मेटाएर सरकारले मदन भण्डारी रङ्गशाला नामाकरण गरेकामा खेद प्रकट गरेका थिए । त्यस्तै सांसद रामहरि सुवेदी, रामहरि खतिवडा, तुलसा राणा, हरिचरण साह, डिम्पल कुमारी झा र लोकमणि ढकाललगायतले विभिन्न जातजाति, धर्म सम्प्रदायका नाममा कोही कसैले कोही कसैमाथि आरोप प्रत्यारोप लगाउन नहुने बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते