बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: ११:४२ | UK Time: 05:57

अनैतिक क्रियाकलापमा लिप्त शिक्षक पक्राउ

वीनेपाली
२०७२ साउन १२ गते १०:१२

गौशाला, १२ साउन । महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ४ घर भई प्रकौली– ४ स्थित दामोदर एकेडेमी विद्यालयमा कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने २० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक अपराध मुद्दा चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक