मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०३:२३ | UK Time: 22:38

नेता नेपालको स्वास्थ्यमा क्रमिक सुधार

वीनेपाली
२०७२ साउन १२ गते १०:०२

a3f9be1009e275073a99fb467222b8d0

काठमाडौँ, १२ साउन । नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।उच्च रक्तचापका कारण टाउको दुखेपछि उनलाई अघिल्लो दिन वीर अस्पतालमा भर्ना गरिएको थियो ।डा गणेश गुरुङ, डा भूपेन्द्र बस्नेतलगायतको समूहले उनको उपचार गरिरहेको छ भने रगतलगायत आवश्यक अन्य परीक्षण पनि गरिएको छ । उनको स्वास्थ्यमा सुधार हुँदै गए चिकित्सकको सल्लाहमा चाँडै घर फर्किने सहयोगी मोहन गौतमले जानकारी दिए ।

यसैबीच, पार्टीका उपमहासचिव विष्णु पौडेल उनको स्वास्थ्य अवस्था बुझ्न आज मंगलबार अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक