विराटनगर, ११ साउन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताप्राप्तिका लागि हतारमा संविधान ल्याउन लागिएको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले ‘विगतमा भएका मधेसी र आदिवासी जनजातिको आन्दोलनलाई उल्टाएर ल्याउन लागिएको संविधान’ स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पहिचानसहितको सङ्घीयताका लागि सबैले आन्दोलन गर्नुपर्ने औँल्याए ।
तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालले विगतमा गरिएका सहमतिका आधारमा संविधान जारी हुनुपर्ने बताए । समाजवादी फोरमका उपाध्यक्ष रकम चेम्जोङ, सभासद् उषा यादव, तमलोपाका केन्द्रीय सदस्य मोहम्मद कादिरलगायतले मधेसी, आदिवासी जनजाति, दलित, महिलाको अधिकारका लागि आआफ्ना धारणा प्रकट गरेका थिए ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान