लन्डन । पांचौं मिस यूके नेपाल २०१५ मा प्रतिष्पर्धा गर्न पर्याप्त सुन्दरी नपाइएपछि आयोजकले फेरि सहभागिताका लागि आव्हान गरेका छन् । गत शनिवार भएको अडिसनमा दुई जनामात्र सहभागी भएपछि आयोजक इभेन्ट एण्ड आइडियाजले अगष्ट ८ सम्म म्याद थपेर सहभागिताका लागि अनुरोध गरेको हो ।
आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले इच्छुक युवतीहरुलाई सम्पर्क गर्न र अभिभावकलाई पनि प्रेरित गर्न अपिल गरेकी छिन् । ‘एक्सपोज हुने यो एउटा राम्रो अवसर हो’, गुरुङले भनिन्, ‘आफ्ना सन्तानलाई प्रेरित गरिदिन अभिभावकलाई मेरो आग्रह छ ।’
प्रतियोगितामा सहभागिता जनाउन इच्छुकलाई निम्न इमेल वा फोन नम्बरमार्फत सम्पर्क गर्न आयोजकको अनुरोध छ ।
इमेल ठेगाना [email protected]
Mobile no. 07578365566 or Miss UK Nepal Facebook page
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावकै कारण सन् २०१३ मा स्थगित गर्नुपरेको थियो । अध्ययन, जागिरले समय अभाव र भौगोलिक अवस्था पनि प्रतियोगी खडेरी हुने कारक रहेको अनुभव आयोजकसंग छ ।
आगामी ५ सेप्टेम्बर सांझ प्रिन्सेस हल, अल्डरसटमा फिनाले हुने तय भएपनि सुन्दरीको सहभागिताले प्रतियोगिता हुने नहुने निर्धारण गर्ने आयोजकले जनाएका छन् ।
यसअघिका प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै