लन्डन । पांचौं मिस यूके नेपाल २०१५ मा प्रतिष्पर्धा गर्न पर्याप्त सुन्दरी नपाइएपछि आयोजकले फेरि सहभागिताका लागि आव्हान गरेका छन् । गत शनिवार भएको अडिसनमा दुई जनामात्र सहभागी भएपछि आयोजक इभेन्ट एण्ड आइडियाजले अगष्ट ८ सम्म म्याद थपेर सहभागिताका लागि अनुरोध गरेको हो ।
आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले इच्छुक युवतीहरुलाई सम्पर्क गर्न र अभिभावकलाई पनि प्रेरित गर्न अपिल गरेकी छिन् । ‘एक्सपोज हुने यो एउटा राम्रो अवसर हो’, गुरुङले भनिन्, ‘आफ्ना सन्तानलाई प्रेरित गरिदिन अभिभावकलाई मेरो आग्रह छ ।’
प्रतियोगितामा सहभागिता जनाउन इच्छुकलाई निम्न इमेल वा फोन नम्बरमार्फत सम्पर्क गर्न आयोजकको अनुरोध छ ।
इमेल ठेगाना [email protected]
Mobile no. 07578365566 or Miss UK Nepal Facebook page
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावकै कारण सन् २०१३ मा स्थगित गर्नुपरेको थियो । अध्ययन, जागिरले समय अभाव र भौगोलिक अवस्था पनि प्रतियोगी खडेरी हुने कारक रहेको अनुभव आयोजकसंग छ ।
आगामी ५ सेप्टेम्बर सांझ प्रिन्सेस हल, अल्डरसटमा फिनाले हुने तय भएपनि सुन्दरीको सहभागिताले प्रतियोगिता हुने नहुने निर्धारण गर्ने आयोजकले जनाएका छन् ।
यसअघिका प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने