काठमाडौँ, ९ साउन । नेपाल मजदुर किसान पार्टीले अन्तरिम संविधान, २०६३ मा व्यवस्था गरिएभन्दा पनि जनताका अधिकारहरु कटौती भएर संविधानको प्रारम्भिक मस्यौदा आएकाले आफ्नो पार्टीले परिमार्जन गर्न संविधानसभामा फरक मतसहित सुझाव पेस गर्दा पनि कुनै सुनुवाइ नभएको जनाएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्तरुपमा आज आयोजना गरेको “नेपालको संविधान, २०७२ मस्यौदा” विषयक विचारगोष्ठीमा सो पार्टीका नेताहरुले धर्ममा व्यक्तिको स्वतन्त्रता हुने भएकाले केही हिन्दूको दबाबमा नेपालमा हिन्दू धर्म लाद्न नहुने, १४ अञ्चललाई आधार मानेर १४ प्रदेश बनाउनुपर्ने, राष्ट्रपति र प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने, संविधानमा क्रान्तिकारी भूमिसुधार समावेश गर्नुपर्ने, उत्पादनका साधन राष्ट्रियकरण गर्नुपर्ने तथा प्रदेशका नागरिकले आफ्नो प्रदेशभित्रकै नागरिकता लिनुपर्ने प्रावधान राख्नुपर्ने माग गरेको छ ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले धर्मनिरपेक्षता कायम गरी नास्तिकवादको प्रचार गर्न पाउने व्यवस्था हुनुपर्ने, व्यक्तिको सम्पत्तिको सीमा निर्धारण हुनुपर्ने तथा उत्पादनका साधनलाई समावेशीकरण गर्नुपर्नेमा जोडदिए ।
सभासद् प्रेम सुवालले मानिसहरु गाउँ छाडेर राजधानीमा ओइरिने प्रवृत्ति रोक्न प्रदेशका नागरिकले प्रदेशको नागरिकता लिन पाउने व्यवस्था गर्नुपर्ने सुझाव पार्टीले संविधान सभामा राखेको बताए ।
सभासद् डिल्लीप्रसाद काफ्लेले देशको सार्वभौमिकता, अखण्डता र समाजमा द्वन्द्व निम्त्याउने खालको समाचार नियन्त्रण गर्न सञ्चारमाध्यमलाई पूर्ण प्रेस स्वतन्त्रता दिन नहुने भन्दै सञ्चार गृहमा विदेशी लगानी बढ्दै गयो भने विदेशको प्रभाव बढ्ने भन्दै आस्थाको पत्रकारिता आजको आवश्यकता रहेको उल्लेख गरे ।
अर्की सभासद् अनुराधा थापाले पुँजीवादी शासकले बनाउने संविधान पुँजीवादीको ज्यावल मात्र हुने बताइन् ।
लिपुलेकमा नेपालको सहमतिबिना सम्झौता हुन सक्दैन
यसैबीच, नेमकिपाको भ्रातृ संस्थाले ‘लिपुलेक’ र ‘लिम्पियाधुरा’ नेपालको भूभाग भएकाले नेपालको सहमतिबिना सम्झौता हुन नसक्ने बताएको छ ।
दल निकटका भ्रातृ संस्थाको संयुक्त आयोजनामा शनिबार यहाँ भएको जनचेतना ¥याली एवम् सभाका वक्ताले लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएकाले यसको रक्षाका लागि नेपाली राजनीतिक दलले एकता गर्दै कूटनीतिक वार्ताद्वारा समस्याको समाधान गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लावजुले पौने तीन करोड नेपालीको प्रतिनिधिका रुपमा नेपाल सरकारले कूटनीतिक प्रयासबाट लिपुलेकमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।
“मातृभूमिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएकाले मित्रराष्ट्रलाई गालीगलौजभन्दा पनि समस्या समाधानमा केन्द्रित हुनुपर्छ, नजिकका छिमेकीलाई आरोप मात्र लगाउनुहुन्न”–उनले भने ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका सचिव प्रकाश ठुसालगायतले सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई राष्ट्रि«यताका सवालमा सबै दल एवम् पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान