काठमाडौँ, ८ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपछि तत्काल खोज, उद्धार र मानवीय सहायतास्वरुप चीनले गरेको सहयोगको सराहना गर्दै पुनःनिर्माणका निम्ति सहायता परियोजना सञ्चालनको जिम्मेवारी लिएकामा कृतज्ञता ज्ञापन गरेका छन् ।
चिनियाँ वाणिज्य सचिव चाङ स्योङ्छेनसँग शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले सङ्घाइ सहयोग सङ्गठनको संवाद साझेदारका रुपमा नेपाललाई स्थान दिन चीनले रचनात्मक भूमिका निर्वाह गरेकामा पनि चिनियाँ नेतृत्वप्रति आभार प्रकट गरे ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईका अनुसार वाणिज्य सचिव स्योङ्छेनले भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल, बस्ती विकास, स्वयम्भूनाथ र दरबार क्षेत्रको पुनःनिर्माण, विपत् रोकथाम तथा भूकम्प अनुगमन सञ्जाल एवम् अध्ययन, विपत् रोकथाम नियन्त्रण क्षमता अभिवृद्धिमा चीनले पुनःनिर्माण सहायता परियोजनाअन्तर्गत सघाउने बताएका थिए ।
भूकम्पपछिको पुनःनिर्माण, पहिरो खस्दा अवरुद्ध अरनिको राजमार्ग र स्याफ्रुबेँसी–रसुवागढी सडकको मर्मतसम्भार गरी सवारी साधन पुनःसञ्चालन, ती स्थानका भन्सार कार्यालयको निर्माण तथा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी काम द्रुत गतिमा अघि बढाउन चिनियाँ सहयोगबारेमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले बताए ।
गत महिना यहाँ सम्पन्न नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । भ्रमणका दौरान दुई मुलुकका अधिकारीबीच पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विषयमा समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते