काठमाडौँ, ८ साउन । संयुक्त राष्ट्र सङ्घले भूकम्पपीडितलाई मानवीय सहयोग जुटाउन तत्काल रु ४२ अर्ब आवश्यक पर्ने जनाउँदै सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको अपिलमार्फत रु २१ अर्ब मात्र संलग्न भएको छ ।
संयुक्त राष्ट्र सङ्घले बैँकक र काठमाडौँबाट शुक्रबार अर्को अपिल जारी गरी भूकम्पपीडित लाखौँ जनता अत्यावश्यक मानवीय सहायतामा निर्भर हुनु परेको तथा गाँस, बास, पानी र सरसफाइजस्ता जीवनयापनका आधारभूत आवश्यकता पर्याप्त रकमको अभावमा पूरा गर्न चुनौतीपूर्ण भएको जनाएको छ ।
राष्ट्र सङ्घका यहाँस्थित मानवीय समन्वयकर्ताको कार्यालयले भूकम्पपीडितको औषधोपचार, मनोवैज्ञानिक परामर्श र हेरचाह, सुरक्षालाई उच्च प्राथमिकता दिइएको अपिलमा उल्लेख गर्दै वर्षायामको झरी र चिसोले प्रभावितलाई थप जोखिममा पारेको जनाइएको छ ।
उक्त कार्यालयका प्रमुख जेमी म्याकगाल्डरिकले मानवीय सहायताको खाँचो रहेसम्म सहायता निकायहरूले नेपाल सरकारसँगको सहकार्यमा सहयोग जारी राख्ने स्पष्ट गर्दै स्वयम्सेवक, राष्ट्र सङ्घका कर्मचारीलगायत सबैबाट निरन्तर मद्दत प्राप्त भएको अपिलमा बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट उपलब्ध सहायता अतिरिक्त राष्ट्रसङ्घले नगद र जिन्सीसहित रु २२ अर्ब २० करोड द्विपक्षीय सहयोगअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको अपिलमा उल्लेख छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने