काठमाडौँ, ८ साउन । संयुक्त राष्ट्र सङ्घले भूकम्पपीडितलाई मानवीय सहयोग जुटाउन तत्काल रु ४२ अर्ब आवश्यक पर्ने जनाउँदै सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको अपिलमार्फत रु २१ अर्ब मात्र संलग्न भएको छ ।
संयुक्त राष्ट्र सङ्घले बैँकक र काठमाडौँबाट शुक्रबार अर्को अपिल जारी गरी भूकम्पपीडित लाखौँ जनता अत्यावश्यक मानवीय सहायतामा निर्भर हुनु परेको तथा गाँस, बास, पानी र सरसफाइजस्ता जीवनयापनका आधारभूत आवश्यकता पर्याप्त रकमको अभावमा पूरा गर्न चुनौतीपूर्ण भएको जनाएको छ ।
राष्ट्र सङ्घका यहाँस्थित मानवीय समन्वयकर्ताको कार्यालयले भूकम्पपीडितको औषधोपचार, मनोवैज्ञानिक परामर्श र हेरचाह, सुरक्षालाई उच्च प्राथमिकता दिइएको अपिलमा उल्लेख गर्दै वर्षायामको झरी र चिसोले प्रभावितलाई थप जोखिममा पारेको जनाइएको छ ।
उक्त कार्यालयका प्रमुख जेमी म्याकगाल्डरिकले मानवीय सहायताको खाँचो रहेसम्म सहायता निकायहरूले नेपाल सरकारसँगको सहकार्यमा सहयोग जारी राख्ने स्पष्ट गर्दै स्वयम्सेवक, राष्ट्र सङ्घका कर्मचारीलगायत सबैबाट निरन्तर मद्दत प्राप्त भएको अपिलमा बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट उपलब्ध सहायता अतिरिक्त राष्ट्रसङ्घले नगद र जिन्सीसहित रु २२ अर्ब २० करोड द्विपक्षीय सहयोगअन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको अपिलमा उल्लेख छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा