काठमाडौँ, ८ साउन । सरकारले गत आव २०७१, ७२ मा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न प्राथमिकताका साथ विभिन्न कार्य सञ्चालन गरेको जनाएको छ ।
अर्थमन्त्रालयले प्रकाशित गरेको गत आवको मन्त्रालयगत प्रगति विवरणमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न नेपालले चाल्नुपर्ने कदमको प्रकृतिलाई विचार गरी अनुकूलन, प्रकोप तथा जोखिम न्यूनीकरण, न्यून कार्बन उत्सर्जन र जलवायु समयानुकूलनका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
राष्ट्रिय अनुकूलन कार्यक्रम र जलवायु परिवर्तन नीति, २०६७ ले निर्दिष्ट गरेअनुसार मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका १४ जिल्लाका ९० वटा गाविस र सात वटा नगरपालिकामा स्थानीय अनुकूलन कार्ययोजना तर्जुमा भई कार्यान्वयन भइरहेको सरकारले जनाएको छ ।
यसले स्थानीय जनताको जलवायु परिवर्तनबाट पर्ने असरबाट बच्ने क्षमताको विकास भई उनीहरुको आर्थिक र सामाजिक स्थितिमा सुधार आउने विश्वास लिइएको छ ।
वातावरण र जलवायु परिवर्तनका लागि क्षमता अभिवृद्धिका कार्यक्रमलगायत चिकित्साजन्य फोहर व्यवस्थापनको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन लिने काम भइरहेको र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव र जोखिम घटाउने काम हुँदै आएको प्रगति विवरणमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरी शिक्षा मन्त्रालयको सहयोग र साझेदारीमा स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषय समावेश गरी अध्ययन अध्यापन कार्यको थालनी गरिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते