काठमाडौँ, ७ साउन । नेकपा (एमाले) को पार्टी कार्यालय धुम्बाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने भएको छ ।
मदननगरस्थित बल्खुमा बस्दै आएको पार्टी कार्यालयमा भूकम्पका कारणले क्षति पुगेपछि त्यहाँबाट कुनै काम हुन सकेको छैन ।
अहिले पार्टीले सञ्चालन गर्दै आएको कार्यालयमा जोखिम रहेकाले पूर्वतर्फका साना भवन तथा पाल राखेर पार्टीका विभिन्न कार्य हुँदै आएका छन् ।
धुम्बाराहीस्थित पासाङल्हामु शेर्पा स्मृति प्रतिष्ठानको परिसरमा पाँच वर्षका लागि पार्टी कार्यालय राखिने तयारी गरिएको पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
सो स्थानमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय स्थानान्तरणको गृहकार्य भए पनि त्यहाँको भौतिक संरचनामा केही निर्माण कार्य बाँकी रहेकाले एक हप्ताभित्र स्थानान्तरण गरिने श्रेष्ठले जानकारी दिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा