काठमाडौँ, १ साउन । आइसिसी विश्वकप ट्वन्टी ट्वन्टी छनोटमा पपुवा न्युगिनीसँग आठ विकेटले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सम्भावना न्यून भएको छ ।
आयरल्यान्डको डब्लिन स्टेडियममा आज भएको सो प्रतियोगितामा नेपाल पपुवा न्युगिनीसँग पराजित भएसँगै दोस्रो पटक विश्वकप खेल्ने नेपालको चाहना अपुरो हुने सम्भावना बढेको छ । प्रतियोगिताअन्तर्र्गत नेपालले दिएको ९४ रनको लक्ष्य पपुवा न्युगिनीले १४.१ ओभमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालले अब विश्वकप खेल्न शनिबार हुने जर्सीविरुद्वको खेलमा जित हासिल गरेर मात्र हुँदैन हङकङले अब खेल्ने दुई खेलमा भरपर्नु पर्नेछ । यदि हङकङले दुवै खेलमा पराजय भोगे मात्र नेपालको विश्वकप खेल्ने सम्भावना रहन्छ, अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
जारी प्रतियोगितामा तीन खेलेर तीन अङ्क जोडेको हङकङले अब आयरल्यान्ड र नामिबियासँग खेल्न बाँकी छ भने समान तीन अङ्क रहेको नेपालको एक खेल मात्र बाँकी छ ।
टस हारेर पहिलो ब्याटिङमा उत्रेको नेपालले खेलको १९ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९३ रनमा समेटिएको थियो । प्रतियोगिताको सुरुआतमा उत्कृष्ट गरेको नेपालले १७ रन जोड्दा पहिलो विकेटका रुपमा सागर पुनलाई गुमायो । पुनः खेलको तेस्रो ओभरमा नै रनआउट भए । उनी १२ बलमा एक चौकाको मद्दतमा १५ रन जोड्दै आउट भएका थिए । उनका ठाउँमा प्रवेश गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि क्रिजमा टिक्न सकेनन् । मल्ल खेलको ७ दशमलव १ ओभरमा नै सात बल खेल्दै दुई रनमा नै समेटिए ।
त्यसैगरी प्रतियोगितामा प्रदीप ऐरीबाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अठ्ठाइस बल खेलेका ऐरीले २९ रन जोडे । उनले चार चौकाको मद्दतमा २९ रन जोडेका हुन् ।
प्रतियोगितामा नौ बल खेलेका कप्तान पारस खड्का पाँच रनमा नै आउट भए । त्यसैगरी शरद भेषवाकरले ११, विनोद भण्डारी चार, राजेश पुलामी सात, सोमपाल कामी चार र शक्ति गौचन ६ रनमा अविजित रहे । करण केसीले भने खाता नै खोल्न सकेनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्युगिनीका माहुरु दाई, जोन रिभा, र असादोल्ला भालाले समान दुई दुई विकेट तथा नोरमान भानले एक विकेट लिए ।
नेपालले खेलेका हरेक खेलमा ब्याटिङ पक्ष कमजोर देखिएको थियो । यसअघि अमेरिकासँग जित निकालेको नेपालले नामिबियासँगको खेल वर्षाका कारण अवरुद्ध भएपछि एक एक अङ्क बाँडेको थियो । तेस्रो खेलमा आयोजक आयरल्यान्डसँग नमीठो हार भोगेको नेपालले अपेक्षाविपरीत हङकङसँग पनि हार व्यहोरयो ।
यसअघि पपुवा न्युगिनीविरुद्धका तीन भेटमा नेपालले दुई खेलमा जित तथा एक खेलमा मात्र हार भोगेको थियो । नेपालले छनोट चरणको अन्तिम खेल शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान