काठमाडौँ, ३१ असार । संविधानको पहिलो मस्यौदाको प्रचारप्रसार एवम् जनताबाट राय सुझाव सङ्कलनका लागि भोलि शुक्रबारदेखि सभासद्हरुलाई ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा पठाइने भएको छ ।
मस्यौदाको वितरण र प्रचारप्रसारबारे जानकारी गराउन नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले शुक्रबार गरेको पत्रकार भेटघाटमा समितिका सभापति प्रमिला राणाले सभासद् जिल्ला र क्षेत्रमा पुगेपछि प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले थप उचाइ लिने बताइन् ।
“समितिले तयार गरेको संविधानको विधेयकको पहिलो मस्यौदा प्रचारप्रसार र सो बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना, २०७२ असार २४ गतेदेखि कार्यान्वयनमा आएसँगै प्रचारप्रसार र सुझाव सङ्कलनकार्यले तीव्रता पाएको छ ।,” उनले भनिन् ।
समितिअन्तर्गत गठन भएका आन्तरिक कार्यविधि तथा कार्ययोजना, विदेशमा बसोवास गरेका नेपाली नागरिकको सुझाव सङ्कलन, प्रचारप्रसार तथा प्रकाशन, समन्वय तथा अनुगमन र प्रतिवेदन मस्यौदा गरी पाँच उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको उनले जानकारी गराइन् ।
असार २५ गतेदेखि प्रत्येक जिल्लामा दुइदुई जना सचिवालयका कर्मचारीले सम्पूर्ण निर्वाचन क्षेत्रमा मस्यौदा वितरण र प्रचारप्रसारको काममा समन्वय गरिरहेका छन् ।
सभासद् राजिवविक्रम शाहीका अनुसार संविधानको मस्यौदामा स्वदेश र विदेशमा बसोवास गरेका नेपाली नागरिकको राय सुझाव प्राप्त भइरहेका छन् । आजसम्म एक हजार ५० टोल फ्रि नम्बरबाट, वेभसाइटमार्फत एक हजार ५००, इमेलबाट एक हजार ११०, फ्याक्सबाट २८ वटा र हुलाक तथा सोझै सचिवालयमा १६ वटा लिखित सुझाव प्राप्त भएका छन् ।
सभासद् पे्रम गिरीले प्राप्त सुझावहरुमा अधिकांश नागरिकता, समावेशिता, सीमाङ्कनलगायतका विषयमा रहेको जानकारी दिए ।
सभासद् प्रभादेवी वज्राचार्यले यही साउन ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनको सार्वजनिक राष्ट्रिय अभियानमा जनताको व्यापक सहभागिता रहने अपेक्षा गरिएको बताइन् ।
केन्द्रीय तहमा सुझाव सङ्कलनको कार्यक्रमलाई अनुगमन र समन्वय गर्नका लागि संविधानसभाका महासचिवको नेतृत्वमा केन्द्रीय अनुगमन तथा समन्वय समिति छ ।
उक्त समिति अन्तर्गत सचिवालयका सहसचिवहरुको नेतृत्वमा पाँच विकास क्षेत्र समेट्ने गरी अनुगमन टोली बनाइएको समितिले जनाएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान