काठमाडौँ, ३० असार । भूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान एवम् पुनर्ताजगी गराउने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पहिलोपटक हिमालयन भ्रमण मेला ‘हिमालय ट्राभल मार्ट–२०१६’ आयोजना गर्ने भएको छ ।
सगरमाथा दिवसको अवसर पारेर आगामी (मे २९, २०१६) मा पाटा इन्टरनेशनलको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा मेला आयोजना गर्न लागिएको बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको प्रथम आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने गरिन्छ ।
उक्त दिन आयोजना गरिने मेलालाई व्यापारदेखि व्यापार कार्यक्रमको रुपमा पाटा नेपालले अगाडि सारेको छ । यसमा नेपाल र हिमाली क्षेत्रप्रति चासो राख्ने विश्वभरका क्रेता सहभागी हुने आयोजकको अपेक्षा छ ।
सार्क क्षेत्रका एजेन्ट एवम् विश्वको जुनसुकै स्थानका यस्तै गन्तव्यका बिक्रेताको मेलामा सहभागिता रहने पनि जनाइएको छ ।
मेलामा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय टुर अपरेटरको सहभागिता हुने र यसले भूकम्पपछिको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।
फ्याम ट्रिप (घुलमिल कार्यक्रम) गरिने
भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र प्रचार अभियानलाई टेवा पुरयाउने उद्देश्यले पाटा नेपालले विश्वभरका टुर अपरेटरको बीचमा फ्याम ट्रिप अर्थात (घुलमिल कार्यक्रम) आयोजना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षमा हुने यस कार्यक्रममा नेपाल प्रवद्र्धन गर्ने विश्वभरका टुर अपरेटरलाई सहभागी गराइने जनाइएको छ ।
यसैबीच, नेपालको पर्यटनको पुनरुत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाटा नेपालले ब्लगर सम्मेलनको समेत आयोजना गर्ने भएको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा