काठमाडौँ, २५ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।
आयरल्यान्डको बेलफास्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रवार पहिलो ओभरमै ओपनर सागर पुनलाई ६ रनमै गुमाएको नेपालको सुरुआत भने राम्रो हुन सकेन । सागरलाई अमेरिकाका जसदीप सिंहले आउट गराएका थिए । अर्का ओपनर अनिल मण्डलले तेस्रो क्रममा आएका ज्ञानेन्द्र मल्लसँग ७८ रनको साझेदारी गर्दै १४ दशमलव २ ओभरसम्म खेल्दै नेपाललाई ८४ रनको स्थितिमा पु¥याए । अनिलले २९ रन जोड्दा ज्ञानेन्द्रले ४३ बलमा ५२ रनको योगदान दिए ।
त्यसपछि विनोद भण्डारी ७ रन मात्र बनाउँदै सस्तैमा आउट भए । चौथो क्रममा आएका कप्तान पारस खड्काले १७ बलमा २१ रन तथा शरद् भेषवाकरले २ रन जोडेपछि नेपालले विजयी लक्ष्य भेटाएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै नेपाललाई १२२ को लक्ष्य दिएको थियो । अमेरिकालाई कम स्कोरमा समेट्न नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मीले तीन तीन, सोमपाल कामीले दुई तथा सागर पुनले एक विकेट लिएका थिए ।
अमेरिकाका लागि फाहद बाबरले २३, हमाद सहिदले पाँच, अकिम डोडसनले ३९, शिव भासिसातले तीन, म्रुनल पटेलले सात, करन गणेशले १५, जापिन पटेलले एक, अधिल भट्टीले १४, क्याप्टेन मोहमद घाउसले २ र तिमिल पटेलले दुई रन जोडेका थिए ।
टि–ट्वन्टी प्रतियोगितामा नेपाली टोली अमेरिकासँग पहिलो पटक आधिकारिक खेलमा आमनेसामने भई पहिलो जित हासिल गरेको हो । यसअघि सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको टि–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा