सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ०३:४५ | UK Time: 23:00

गुरुङलाई नेशनल भोलेन्टियरिङ अवार्ड

वीनेपाली
२०७२ असार २० गते २:१७

JS58199459

लन्डन । मधुमेह रोगबारे जनचेतना फैलाउने एकजना भूपू गोर्खा नेशनल 
भोलेन्टियरिङ अवार्ड जित्न सफल भएका छन् ।

चर्च क्रुकहाम निवासी ५५ वर्षीया डम्बर गुरुङले डायबेटिज यूके नेशनल इन्सपायर अवार्डस् जित्न सफल भएका हुन् । गत मंगलबार सेन्ट थोमस् हस्पिटलको गभर्नर्स हलमा आयोजित एक समारोहमा गुरुङलाई अवार्ड हस्तान्तरण गरिएको हो ।
गुरुङ रसमोर डायबेटिज यूके ग्रुपका अध्यक्ष समेत हुन् ।

सन् १९९७ मा उनको टाइप टु डायबेटिज पत्ता लागेको थियो । त्यसयता मधुमेह रोगबारे जनचेतना जगाउन उनी क्रियाशिल भए ।

डायबेटिज यूके साउथ इष्टका क्षेत्रीय प्रवन्धक जिल स्टियटनले गुरुङले स्थानीय समुदायलाई धेरै प्रभावकारी भूमिका निर्वाह गरेको जनाए ।

बेलायतमा हाल ३२ लाख मानिस मधुमेहबाट पीडित रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक