काठमाडौँ, १९ असार । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षबीच काठमाडौँमा विवाद देखिएको छ ।
लामो समयसम्म मत्थर भएको विवाद आज पुनः ब्युँतिएको हो । वरिष्ठ नेता डा भट्टराई पक्षले आज काठमाडौँको बानेश्वरमा एक भेलाको आयोजना ग¥यो । सो भेलामा संस्थापन पक्षका नेता तथा कार्यकर्तालाई बोलाइएको थिएन ।
उपत्यकास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण नाम दिइएको सो भेलामा संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा र आर्थिक विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने सङ्कल्प गरिएको बताइएको छ ।
भेलामा वरिष्ठ नेता डा भट्टराई, सचिव टोपबहादुर रायमाझी, नेताहरू देवेन्द्र पौडेल, नवराज सुवेदी, हिसिला यमीलगायतको सहभागिता थियो ।
संस्थापन पक्षले केही दिन पहिले भेलाको आयोजना गरेको र आफूहरूलाई जानकारीसमेत नगराएको भन्दै भेलाको आयोजना गरिएको भट्टराई पक्षीय नेता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिँदै श्रेष्ठले अघिल्लो भेलामा नेता तथा कार्यकर्ता छुटेकाले छलफलका लागि बोलाइएको बताए ।
सो अवसरमा वरिष्ठ नेता डा भट्टराईले पार्टीलाई सच्याएर लैजान र संविधानसभाबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख कार्यभार रहेको बताए ।
उनले पार्टीको मूल नेतृत्वले कमजोरी सुधार गरेर नयाँ ढङ्गको पार्टी निर्माण गर्ने विषयमा स्पष्ट कार्यदिशा अङ्गाल्नुपर्ने अन्यथा पार्टीको साख गिर्ने भन्दै सच्चिएर जान सबै तयार हुनुपर्ने उल्लेख गरे ।
उनले भने, “पार्टीलाई सच्याएर लैजाने विषयमा अध्यक्ष दाहालको फरक मत छैन, उनले हुन्छ पनि भन्छन्, एकाध दिनमा फेरि त्यो कुरा ओझेलमा पर्छ, खै के कुराले त्यस्तो भइरहेको छ, मैले थाहा पाउन सकेको छैन । तर पार्टीलाई सच्याएर लैजाने विषयमा कोही कसैको दुई मत छैन ।”
एमाओवादी संसदीय दलका उपनेतासमेत रहनुभएका सचिव रायमाझीले पार्टीमा एकले अर्कोलाई नटेर्ने प्रवृत्तिको विकास भएको भन्दै त्यसलाई सच्याएर लैजानुपर्ने धारणा राखेका थिए ।
केही दिन पहिले संस्थापन पक्षले पार्टी महासचिव कृष्णबहादुर महराको उपस्थितिमा यस्तै भेलाको आयोजना गरेको थियो । अध्यक्ष दाहाल पक्षीय काठमाडौँ जिल्ला समितिका अध्यक्ष हिमाल शर्माले भने आफूहरूले पनि गलत ढङ्गले भेला नराखेको र सबैलाई सहभागिताका लागि आग्रह गरिएको बताए । उनले भेलालाई अराजनीतिक गतिविधिको सङ्ज्ञा दिए ।
अध्यक्ष शर्माले पार्टी अध्यक्ष दाहालले वरिष्ठ नेता डा भट्टराईलाई पार्टी अध्यक्षका रुपमा प्रस्तुत गरिसकेको सन्दर्भमा छुट्टाछुट्टै भेलाको आयोजना गर्दै हिँड्नु नाजायज भएको बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते