काठमाडौँ, १९ असार । नेपाली काँग्रेस संसदीय दलको शनिबारको बैठकमा सभासद्ले सङ्घीयताको सीमाङ्कन टुङ्गो लगाएर मात्र संविधानसभाको विघटन गर्न सुझाव दिएका छन् ।
संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदाका सम्बन्धमा भएको बैठकमा सभासद्ले सकेसम्म सीमाङ्कनको विषय छिट्टै टुङ्गो लगाउन र नामाङ्कनको काम प्रदेशसभाले टुङ्गो लगाउनु उचित हुनेमा जोड दिए ।
मस्यौदामा सीमाङ्कनबारे संविधान जारी भएपछि विज्ञसहितको कार्यदलले छ महिनाभित्र टुङ्गो लगाउने उल्लेख छ । सो दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठले मस्यौदाबारे सभासद्ले आन्तरिक छलफलमा भाग लिँदै टीकाटिप्पणी गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो । उनले मस्यौदा राय सुझावका लागि जनतामा पठाई एक साताभित्र सुझाव लिएर त्यसलाई एकीकृत बनाउने काम हुने बताए ।
जनतामा जान बाँकी रहेको मस्यौदामाथिको छलफल राखी अवरोध गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सभासद्ले विचार राख्न पाउने अधिकारमा बाधा पुरयाएको बताउँदै उनले भने – “संविधान कुनै एक पार्टीको दस्तावेज होइन, यो सबैको हो, ९० प्रतिशत सभासद्ले मानिसकेको विषयलाई रोक्न खोज्नु हुँदैन ।”
सभासद् रामहरि खतिवडाले मस्यौदामाथि विस्तृत छलफल भएको जानकारी दिए ।
संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकमा संविधान बनाउने विषयमा संविधानसभा सार्वभौम भएकाले सर्वाेच्च अदालतको आदेश वा अन्य कुनै पक्षबाट प्रभावित हुन नहुने विचार पार्टीका उपसभापति रामचन्द्र पौडेलले राखेका थिए ।
बैठकमा प्रधानमन्त्री तथा दलका नेता सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलाको पनि उपस्थिति थियो । बैठक आइतबार बिहान ८ बजे पुनः बस्नेछ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान