बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: २२:१२ | UK Time: 17:27

नेका केन्द्रीय नेतृत्वलाई सुझाव प्रस्तुत गर्न कार्यदल

वीनेपाली
२०७२ असार १९ गते १:०४

800px-Nepali_Congress_Edited.svg
काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला संविधानको मस्यौदा, पार्टीको महाधिवेशनलगायत विषयमा पार्टी नेतृत्वलाई सुझाव प्रस्तुतिका लागि कार्यदल गठन गर्दै आज सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बिहीबारदेखि जारी भेलामा उठेका विषय समेटी पार्टी केन्द्रीय नेतृत्वलाई सुझाव दिन कार्यदल गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले राससलाई जानकारी गराए ।

उनका अनुसार कार्यदलमा आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर रहेका छन् । कार्यदलले दुई–तीन दिनभित्र भेलामा सभापतिहरूले उठाएका विषयलाई समेट्दै नेतृत्वलाई सुझाव प्रस्तुत गर्ने बताइएको छ ।

भेलामा सभापतिहरूले संविधानसभामा प्रस्तुत मस्यौदामा गरिनुपर्ने संशोधन, केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरको अधिवेशनको मिति परिमार्जनलगायत विषयलाई सुझावका रुपमा समेटिनुपर्नेमा जोड दिएका थिए ।

सिन्धुपाल्चोक जिल्लाका सभापति मोहनबहादुर बस्नेतले संविधानमा लोकतन्त्र, समाजवाद, प्रजातान्त्रिक शासन पद्धतिजस्ता मूलभूत आदर्शलाई समेटिनुपर्ने धारणा राखे । नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले भूकम्पले मुख्य रुपमा प्रभावित गरेका जिल्लामा राहत सहयोगका साथै परिचयपत्र वितरणमा एकरुपता एवम् प्रभावकारी बनाउन पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

स्याङ्जाका सभापति कमल पंगेनीले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशनको मिति परिमार्जन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक