काठमाडौँ, १८ असार । एलपी ग्यासका सिलिन्डरमा प्रयोग हुने पाइप, रेगुलेटर, चुलो तथा लाइटरजन्य सामग्री बिनाभन्सार बिक्री वितरण भइरहेको सार्वजनिक भएको छ ।
मिडिया इन्टरनेसनलद्वारा यहाँ शुक्रवार आयोजित कार्यक्रममा ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष तथा ग्यास व्यवसायी ज्ञानेश्वर अर्यालले असम्बन्धित व्यक्तिबाट ग्यास बिक्री वितरण भइरहेकाले उक्त सामग्री चोरबाटो भई स्वदेश भित्रिएको बताए । उनका अनुसार चामल, दूध र पान पसल तरकारी तथा मोटरसाइकल मर्मत सेन्टर, दाना तथा भेटेनरी सञ्चालकले समेत ग्यास बिक्री गरिरहेका छन् ।
वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले काठमाडौँमा ग्यास बिक्रीको अवस्था र आवश्यकताको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले ग्यास बिक्री प्रमाणीकरण कार्यको थालनी गरिएको जानकारी दिए । उपभोक्ताले बेलाबखत ग्यासको अभाव झेल्दै आए पनि यस वर्ष अभाव झेल्नु नपर्ने महानिर्देशक कोइरालाले बताए ।
काठमाडौँमा कुल ग्यास उत्पादनको ६० प्रतिशत खपत हुन्छ । करिब रु चार अर्बको कारोबार हुने ग्यासको खपत गर्मीमा भन्दा जाडोमा २० प्रतिशत बढी हुन्छ । मुलुकले अधिकांश ग्यास भारतको बरौनीबाट आयात गर्ने गर्छ । ग्यासका सम्बन्धमा हरियो र रातो सिलिन्डरको प्रयोग तथा सहुलियतमा ग्यास वितरण गर्ने अवधारणा ल्याइए पनि हालसम्म लागू हुन सकेको छैन ।
यस वर्षको साउन–भदौदेखि नै २० देखि २५ प्रतिशत ग्यास खरिद गरी मौज्दात राखिने जनाइएको छ । बरौनीबाट आयात गरिएको ग्यास ५५ उद्योगले रिफिलिङ गरी १५ हजार डिलरमार्फत बिक्री वितरण गरिरहेका छन् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग