काठमाडौँ, १८ असार । संविधानसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अवरोध खडा गरेको छ ।
संविधान मस्यौदा समितिले पारित गरेको प्रावधानविपरीत मस्यौदा संविधानसभामा प्रस्तुत गरेको भन्दै सो दलले अवरोध गरेको हो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा(माओवादी)का सभासद् गिरिराजमणि पोखरेललाई संविधानको पहिलो विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति लिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिन समय प्रदान गर्ने बित्तिकै सो दलका सभासद्ले नाराबाजीका साथ बैठक अवरोध गरेका हुन् ।
राप्रपा नेपालका सभासद् कमल थापाले सीमित दलले संविधानसभालाई ‘रबरस्ट्याम’ बनाएका, संविधान र प्रचलित नियम, कानुनविपरीत काम भएको भन्दै आपत्ति जनाए ।
उनले संविधानसभाले गर्ने काम केही नेताले जालझेल गरेर हेरफेर गरिएको, स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गर्ने सर्वसम्मतिले पारित गरिएको विषय, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन गर्ने सहमति मस्यौदाबाट हटाएको भन्दै सभाध्यक्षको ध्यानाकर्षण गराए ।
उनले मस्यौदा समितिमा भएको सहमतिविपरीतको मस्यौदा पेस भएको भन्दै तत्काल बैठक स्थगित गर्न माग गरे । त्यसअघि सोही दलका सभासद् सुशीलकुमार श्रेष्ठले चार दलले आफूखुसी मस्यौदा तयार पारेका र धर्म परिवर्तनलाई मौलिक हकअन्तर्गत समावेश गरिएकामा आपत्ति जनाएका थिए ।
विरोध जनाउने क्रममा राप्रपाका सभासद् थापा र श्रेष्ठले आपत्तिजनक शब्द प्रयोग गरेकामा उनीहरूलाई सभाध्यक्षले मर्यादाविपरीत सभामा प्रस्तुत नहुन आग्रह गरे ।
उहाँले सभामा प्रस्तुत मस्यौदा संविधानको पूर्ण खाका नभएको, परिमार्जन धेरै स्थानमा रहेका र त्यसप्रति आफू सकारात्मक रहेको भन्दै संविधान निर्माणको प्रक्रियामा सघाउन राप्रपा नेपाललाई बारम्बार अनुरोध गर्नुभयो । सभाध्यक्षको उक्त अनुरोधप्रति राप्रपा नेपालले कुनै वास्ता गरेन र नाराबाजीलाई निरन्तरता दियोे ।
नेकपा(एमाले)का सभासद् कर्णबहादुर थापाले संविधानसभा नियमावली २०७० को नियम ३४ र ३५ अनुसार संविधानसभाको काम कारबाहीलाई अवरोध गर्ने गरी केही सभासद् प्रस्तुत भइरहेको भन्दै नियमापत्ति गरे ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो