काठमाडौँ, १८ असार । विभिन्न नौ राजनीतिक दलले मुलुकको सार्वभौमिकता संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने र तद्नुरुप कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । भारत र चीनबीच हालै भएको सीमा व्यापार सहमतिको विरोध गर्दै उनीहरुले शुक्रवार प्रधानमन्त्री सुशील कोइरालाई भेटी एक ज्ञापनपत्र बुझाएको ती दलले सञ्चारकर्मीलाई उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले लिपुलेकको भू–भागमा सार्वभौमिकता कायम गर्ने गरी कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त्यस क्षेत्रलाई ती दुई देशको मात्र सीमा व्यापार नाका भनी सहमति कायम गरेको विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले प्रभावकारी कदम नचाल्नु आश्चर्यजनक रहेको भनाइ राखे ।
नौ दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र (माले)का महासचिव मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, नेकपा (मसाल) का प्रवक्ता विमल शर्मा, नेकपा माओवादीका नेता तिलक परियार, नेकपा (माक्र्सवादी) का सचिवालय सदस्य अच्युत ज्ञवाली, जनमोर्चा नेपालका नेताद्वय टङ्क पौडेल र प्रेम बासुकला, परिवर्तन राष्ट्रिय पार्टी नेपालका अध्यक्ष कुमार श्रेष्ठ तथा नेता गोविन्द बाँस्कोटा जानुभएको विज्ञप्तिमा जनाइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते