काठमाडौँ, १८ असार । विभिन्न नौ राजनीतिक दलले मुलुकको सार्वभौमिकता संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने र तद्नुरुप कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । भारत र चीनबीच हालै भएको सीमा व्यापार सहमतिको विरोध गर्दै उनीहरुले शुक्रवार प्रधानमन्त्री सुशील कोइरालाई भेटी एक ज्ञापनपत्र बुझाएको ती दलले सञ्चारकर्मीलाई उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले लिपुलेकको भू–भागमा सार्वभौमिकता कायम गर्ने गरी कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त्यस क्षेत्रलाई ती दुई देशको मात्र सीमा व्यापार नाका भनी सहमति कायम गरेको विषयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले प्रभावकारी कदम नचाल्नु आश्चर्यजनक रहेको भनाइ राखे ।
नौ दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र (माले)का महासचिव मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, नेकपा (मसाल) का प्रवक्ता विमल शर्मा, नेकपा माओवादीका नेता तिलक परियार, नेकपा (माक्र्सवादी) का सचिवालय सदस्य अच्युत ज्ञवाली, जनमोर्चा नेपालका नेताद्वय टङ्क पौडेल र प्रेम बासुकला, परिवर्तन राष्ट्रिय पार्टी नेपालका अध्यक्ष कुमार श्रेष्ठ तथा नेता गोविन्द बाँस्कोटा जानुभएको विज्ञप्तिमा जनाइएको छ ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता